मङ्लबार, बैशाख ११, २०८१

अकूत सम्पत्ति कमाएका लेखापाल ठाकुरविरुद्ध मुद्धादायर

काठमाडौं असार १५,  मालपोत कार्यालय बारामा कार्यरत लेखापाल युगलकिशोर ठाकुरविरुद्ध आज विशेष अदालतमा आज दायर गरिएकोछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा लेखापाल ठाकुरविरुद्ध मुद्धादायर गरेको हो ।

आयोगद्दारा जारी विज्ञप्तिमा सहलेखापाल पदमा नियुक्ति भई २०७२ साल वैशाख २२ मा लेखापालमा बढुवा हुँदासम्म रु ३ करोड ४ लाख ९४ हजार ३०८ बराबरको सम्पत्ति गैरकानूनीरुपमा आर्जन गरेको अनुसन्धानको क्रममा पाइएको जनाएकोछ ।

त्यस्तै ठाकुरले सार्वजनिक सेवाको पदमा रहँदा आर्जन गरेको गरेको सम्पत्ति मध्ये बैध सम्पति मध्ये ३ करोड चार लाख ९४ हजार ३०८ बराबरको सम्पत्ति अवैध रहेको जनाउदै आयोगले दायम मुद्धामा  ठाकुरका नाममा राष्ट्रिय वाणिज्य बैंक सिमरामा रहेको मौज्दात रु २ करोड ७६ लाख ४४ हजारसमेत जफत गर्न माग गर्दै बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको उल्लेख गरिएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।