बिहिबार, बैशाख १३, २०८१

काँग्रेसको १४औँ महाधिवेशन पूर्व निर्धारित मितिमै

काठमाडौं असार १४,  नेपाली काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकले पार्टीको आसन्न पार्टीको १४औँ महाधिवेशन आगामी फागुन ७ गते नै गर्ने गरी अन्य अधिवेशनका कार्यतालिकामा भने कोभिड–१९ का कारण सामान्य हेरफेर गर्ने तयारी गरेको छ ।

त्यस्तै आजको बैठकमार्फत गरिएको निर्णय अनुमोदनका लागि मंगलवार बस्ने केन्द्रीय समितिको बैठक समेत वोलाएको छ । यसअघि काँग्रेसले गत माघ १३ गतेको केन्द्रीय समिति बैठकबाट पार्टी मातहतका निकायका अधिवेशन र १४औँ महाधिवेशन सम्पन्न गर्न कार्यतालिका सार्वजनिक गरेपनि यसवीचमा कोभिड संक्रमणका कारण उक्त कार्यतालिका प्रभावित भएको थियो ।

यसअघि काँग्रेसले १४औँ महाधिवेशनका लागि गाउँ/नगर वडा अधिवेशन आगामी कात्तिक १६ गते, गाउँ÷नगरपालिका अधिवेशन कात्तिक १८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २१ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २३ गतेका लागि निर्धारण गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।