शुक्रबार, बैशाख १४, २०८१

स्वास्थ्य मन्त्रालयको गम्भीर गल्तीका कारण जन मानसमा तनाव, मन्त्रालयले भन्यो -गल्ती भयो

संक्रमितको सख्या २५० होइन २४५ मात्र

काठमाडौं जेठ १, विहिवार विहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कोभिड संक्रमण पुष्टि गर्ने अपडेट ७: ४५ को  विज्ञप्तिमा संक्रमितको सख्या २५० पुगेको पुष्टि विज्ञप्ति सच्च्याएको छ ।मन्त्रालयका सह प्रवक्ता डा समिर अधिकारीले अहिले १०:१५ बजे अको    जारी विज्ञप्ति   गर्दै नेपाल मा पछिल्लो समय भेटिएको कोभिड संक्रमितको सख्या २४५ मात्र रहेको र यसअघि जारी अपडेटमा गल्ती भएको जनाएको छ ।

तर आधिकारिक सरकारी सूचना प्रवाह गर्ने निकायबाट भएको सामान्य गल्तीका कारण संक्रमितको सख्या जारी गर्ने गर्ने क्रममा भएको गल्तीका कारण आम जनमानसमा दिनानुदिन बढ्दो संक्रमतिको आकंडा ले थप सन्त्रास सिर्जना गरेको छ ।

कम्तीमा पनि महामारीको समय कुनै खेलवाड होइन जनजनले मन्त्रालयको अपडेट नियाल्दै आफ्नो सुरक्षा व्यवस्था मिलाइरहेको हुन्छ भन्ने तर्फ हेक्का राख्दै विज्ञप्ति जारी गर्नेक्रममा सावधानी अपनाओस भन्ने मन्त्रालयलाइ जनजनको सुझाव रहेको छ ।

मन्त्रालयको तर्फबाट यसअधि जारी सूचनामा जुनजुन स्थानका संक्रमति भन्दै प्रवाह गरिएको सूचनाले त्यस स्थानका नागरिक मात्र नभएर सिङ्गो नागरिक समाज प्रताडित भएको अवस्था छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।