देशभर सञ्चालनमा आएका सवारीसाधन चेकजाँचमा कडाई,पहेलो रङ्गको सिरियल नम्बर भएको ७ दिने पास लकडाउन अवधिभर मान्य
काठमाडौं जेठ १, कोभिड १९ संक्रमणको जोखिम उच्च भएसंगै गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जान मिल्ने गरी यसअघि जारी भएका सबै अस्थायी सवारी पास रद्ध गर्दै नया व्यवस्था लागु गरेको छ । मन्त्रालयले आजदेखि लागु हुनेगरी अहिलेसम्म विभिन्न व्यक्ति तथा संस्थाका नाममा जारी गरेको एक जिल्लाबाट अर्को जिल्ला जाने पास रद्द गर्दै नयाँ व्यवस्था लागु गरेको हो । त्यस्तै नया व्यवस्था लागु गरिएसंगै देशभर सञ्चालनमा आएका सवारीसाधनहरुका चेकजाँच कडाई गरिएको छ । काठमाडौंमा सवारी पासको दूरुपयोग गर्ने दर्जनौ सवारी साधनलाई कारबाही समेत गरिएको मन्त्रालयले जनाएको छ ।
यसैवीच मन्त्रालयले लागु गरेको नयाँ व्यवस्थाअनुरुप मातहतका निकाय जिल्ला प्रशासन कार्यालय काठमाडौले सवारी पास वितरण सम्बन्धी सूचना जारी गरेको छ । जारी सूचनामा सरकारले यसअघि विभिन्न ४४ प्रकारका उद्योग र विभिन्न सेवा मुलक ब्यबसायहरु संचालन गर्ने अनुमति दिएपछि संगै प्रशासनले पासको लागि नयाँ ब्यबस्था गरेको हो । त्यस्तै यस पटक जिल्ला प्रशासन कार्यालयले नियामक निकाय नतोकिएका र भैपरी आउने अत्यावश्यक कार्यको लागि मात्र पास दिने छ । अन्यको हकमा भने समबन्धि नियामक निकाय वा सिधै सम्बन्धित मन्त्रालयका सचिवले पास दिने उल्लेख गरिएको छ।
त्यस्तै खाद्य वस्तु ढुवानी गर्ने सवारी, स्वास्थ्य सामाग्री ढुवानी गर्ने सवारी, निर्माण सामग्री ढुवानी गर्ने सवारी, औद्योगिक कच्चा पदार्थ र तयारी मालवस्तु ढुवानी गर्ने सवारी, कृषि तथा पशुजन्य उत्पादनसँग समबन्धित सबै प्रकारका सामग्री ढुवानी गर्ने सवारी लाई पास आवश्यक पर्ने छैन । साथै एम्बुलेन्स, खानेपानी, शव बाहन, र ग्यास ढुवानीलाई पास आवश्यक पर्ने छैन ।
त्यस्तै यस अघि जारि भएको अरु पास रद्ध भएपनि पहेलो रङ्गको सिरियल नम्बर भएको ७ दिने पास लकडाउन अवधिभरलाई मान्य हुने उल्लेख गरिएको छ । साथै सरकारी कार्यालय, बैंक , वित्तीय संस्था, बीमा र सहकारी कार्यालयका कर्मचारीले संस्थाको परिचय मार्फत आवतजावत गर्न सक्ने छन् ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- विपिनको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीसँग जोशी परिवारको आग्रह
- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त
- मन्त्रिपरिषद् बैठक: बागमती प्रदेश प्रमुख सचिवको जिम्मेवारी सहसचिव कार्कीलाई
- एमालेकी विदेश विभाग सचिव शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत
- गण्डकी प्रदेशसभाको अधिवेशन आव्हान ,विश्वासको मत लिने मुख्यमन्त्री अधिकारीको तयारी
- रास्वपाभित्रै उठ्यो सहकारीसम्बन्धी छानबिनको लागि समिति बनाउने आवाज
- आज र भोली देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
- मछिन्द्रनाथको रथारोहणपछि रथयात्रा सुरु
- आज भगवान रामचन्द्रको पूजाअर्चना सहित रामनवमी पर्व मनाइँदैं
- सहकारीमा प्रकरणमा संलग्नता नरहेको सामाजिक सञ्जालमार्फत गृहमन्त्री लामिछानेको प्रष्टोक्ति
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान