आइतवार, बैशाख २३, २०८१

डब्लुएचओले भन्यो- भाइरस संक्रमण विरुद्ध खोप पत्ता लागेपनि नियन्त्रणको सवालमा भविष्यवाणी नगरौं

काठमाडौं जेठ १/ समाचार एजेन्सी,  विश्व स्वास्थ्य संगठनले विश्वव्यव्यापी महामारी कोभिड १९ को संक्रमणको जोखिम उच्च रहेको अवस्थामा लकडाउन खुकुलो पार्दा नयाँ समस्या सिर्जना हुन सक्ने भन्दै कुनैपनि मुलुककले लकडाउन खुकुलो पार्दा सचेत हुन चेतावनी दिएको छ ।

त्यस्ते विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रुपमा करिब ३ लाख मानिसको मृत्युको कारक बनेको कोभिड संक्रमण विरुद्ध खोप पत्ता लागेपनि महामारी नियन्त्रण भएपनि पूर्ण रुपमा निर्मूल पार्न नसकिने जनाउ दिएका छन ।

साथै विश्वलाई प्रभावित बनाइरहेको कोरोनाको महामारीबाट बच्न सबैको सामूहिक प्रयास आवश्यक पर्ने भन्दै डब्लुएचओले सकारात्मक पहल गर्न आग्रह गर्दै महामारी नियन्त्रणमा नआइसकेकाले विश्वका कतिपय देशले जारी लकडाउन खुकुलो पार्ने निर्णयप्रति आपत्ति जनाउदै भाइरस नियन्त्रणका लागि भविष्यवाणी नगर्न आग्रह गरेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।