आइतवार, बैशाख २३, २०८१

शिक्षण अस्पतालको न्युरो वार्डमा उपचारारत बिरामीमा कोभिड संक्रमण भेटिएसंगै अस्पतालले गर्यो वार्ड सिल

काठमाडौं जेठ १,  कोभिड संक्रमणको बढ्दो जोखिमसंगै पछिल्लो समय शिक्षण अस्पतालमा महाराजगन्जमा भर्ना भएका एक बिरामीमा कोरोना भाइरसको संक्रमण पाइएको छ ।

अस्पतालको न्युरो वार्डमा भर्ना भएका एक बिरामीमा कोरोना भाइरसको संक्रमण भएको रिपोर्ट आइपुगेको शिक्षण अस्पताल स्रोतले जनाउदै विरामीको पोजिटिभ रिपोर्टआएसंगै बिरामीको उपचारमा संलग्न चिकित्सक, नर्स, अन्य कर्मचारी तथावार्डमै रहेका बिरामी चिन्तित भएको जनाएका छ ।

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती बिरामीको कोभिड रिपोर्ट अझै सार्वजनिक गरेको छैन भने अस्पतालले वार्ड सिल गरेको छ । अहिले बाहिरबाट कर्मचारी र स्वास्थ्यकर्मी बाहेकलाई अस्पतालभित्र प्रवेशमा रोक लगाइएको समााचार स्रोतले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।