शुक्रबार, बैशाख १४, २०८१

लकडाउनको मौका छोपी भालेश्वर महादेवको मूर्ति तथा नगद चोरी गर्ने तामाङ र बिक पक्राउ

काठमाडौं  जेठ १ , प्रहरीले गोकर्णेश्वर नगरपालिका९८ गणेशनगरस्थित आनन्द गणेश मन्दिरभित्र रहेको भालेश्वरमहादेवको ढलोटको मूर्ति तथा दानपेटीकामा रहेको नगद चोरी गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुली साङवाले गाउँपालिका घर भई हाल कपन बस्ने १९ वर्षीय सुजन तामाङ र भोजपुर घर भएका कपन बस्ने २० वर्षीय पृथ्वी बिक रहेको प्रहरीले जनाएको छ ।

लकडाउनको मौका छोपी रातको समयमा बिगत केही समय देखि काठमाडौं उपत्यकाभित्र रहेका बिभिन्न स्थानमा भएका चोरीका घटनालाई न्यूनिकरण गर्नको लागीमहानगरीय अपराध महाशाखा तथा महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको संयुक्त प्रहरीटोलीले बुधबार राति उनीहरूलाई उक्त मन्दिरको मुलढोका फोरी उक्त मूर्ति तथा मन्दिरकोदानापेटिकामा रहेको १७ हजार रुपैयाँ चोरी गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

उनीहरूको साथबाट मूर्ति र नगदको साथै चोरीमा प्रयोग गरेको रड १ थान, पेचकस १ थान,मोबाइल १ थान समेत बरामद भएको उक्त महाशाखाले जनाएको छ ।यस सम्बन्धमा  थप  अनुसन्धान  महानगरीय प्रहरी बृत्त बौद्धबाट  भइरहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।