मङ्लबार, बैशाख ११, २०८१

औषधि बजारमा बढ्दो भिडभाड प्रति स्थानीय निकाय र सरोकारवाला संस्थाको चिन्ता

  • सिङ्गो बजार र समुदायलाइ प्रभावित बनाउदै भिडभाड सहित गरिने वजारीकरण किमार्थ स्वीकार्य छैन: अध्यक्ष मान्धर
  • औषधि थोक व्यवसायी संघको पहलमा वडा समितिको तर्फबाट भएको  पहलकद्मी आफैमा स्वागत योग्य : महासचिव शर्मा
  • थोक औषधि बजारबाट खुद्रा व्यवयसाय   पनि गर्छु भन्ने सोच यदि कुनै व्यवसायीमा छ भने तत्काल   ती व्यवसायीले क्षेत्रपाटी बजारबाट आफ्नो व्यवसाय स्थान्तरण गर्नुको विल्प छैन : अध्यक्ष वास्कोटा

श्रीजन झा /काठमाडौं जेठ १, विश्वव्यवापी कोभिड संक्रमणको जोखिम न्यूनिकरण संगै संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउन आदेशको आज ५२ औं दिन पुगेका छ ।   जारी लकडाउनको गत ४८ औ दिनसम्म पनि संक्रमणको अवस्था प्राय नगन्य रहेको यसअघिका  संक्रमित पनि उपचार पछि निको भइसकेको अवस्थाका वीच काठमाडौं उपत्यका करिव कोभिड मुक्त भएको निष्कर्ष सहित  जारी  लकडाउन समेत खुकुलो बनाउने  प्रयास  गरिएको  थियो ।

तर पछिल्लो समय उपत्यकामा एकाएक  यत्र तत्र सर्वत्र संक्रमणको जोखिम देखिएसंगै  जारी  लकडाउनलाइ थप कडाइ गर्ने नयाँ योजनाहरु तय गरिएका छन । संक्रमण नफैलियोस भन्दै सरकारले घोषणा गरेको लकडाउनका वीच  पनि राजधानीस्थित औषधि हवको रुपमा चिनिएको क्षेत्रपाटी बजारमा  सामान्य दिनको तुलनामा भन्दा अत्याधिक भिडभाड बढ्दो पाइए पछि स्थानीय निकाय अन्र्तगत काठमाडौं महानगरपालिका वडा न.१७ र १८ संगै  औषधि व्यवसायी सम्वद्ध संस्था  रस्थानीय क्लवले चिन्ता चासो व्यक्त गरेका छन ।

आफ्नो वडा परिसरमा रहेको बजारमा   अत्याआवश्यक सेवाको प्रारुपमा पहिचान गरिएको औषधि र सर्जिकल सामाग्रीको खरिद विक्रीको क्रममा सामान्य मापदन्डको समेत ख्याल नगरी   हुने गरेको  भिडभाड संक्रमणको  सूचक  भएको निष्कर्ष सहित  वडा समितिले चासो व्यक्त गरेको हो । कोभिड संक्रमणको जोखिमलाइ दृष्टिगत गर्दै वडा समिति र स्थानीय औषधि थोक व्यवसायी संघको सयुक्त पहलमा आज बजारमा देखिएको अनावश्यक भिडभाड लगायतका यावत समस्याको सम्बोधन गर्ने विहिवार सरोकारवाला व्यवसायीवीच वृहत छलफल सहित बजारलाइ    सवल सुरक्षित राख्ने नितिगत जमर्को गरिएको छ ।

त्यसक्रममा वडा न. १७ का वडाध्यक्ष   नविन मान्नधरले विषम अवस्थाको समयमा सेवा प्रवाह आफैमा महत्वपूर्ण पक्ष भएपनि सिङ्गो बजार र समुदायलाइ प्रभावित बनाउदै भिडभाड सहित गरिने वजारीकरण किमार्थ स्वीकार्य नभएको जनाउ सहित पछिल्लो समय  बजारमा हुँदै आएको भिडभाडले संक्रमणको जोखिम उच्च भएको  बताउदै तत्काल   बजारमा देखिएको समस्या सम्बोधनको लागि प्रभावकारी कदम चाल्न आवश्यक रहेको बताउनुभयो । साथै उहाँले यसको लागि बजार खुल्ने निश्चित समयसिमा निर्धारण गर्दै बजारी करण गर्नु पर्ने आवश्यकता समेत औल्याउनभएको छ ।

त्यस्तै वडा न. १८ वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले पनि सोहि आशयको अभिव्यक्ति दिदै यदि समयमानै बजारमा देखिएको समस्यालाइ सम्बोधन गर्न सकिएन भने कोभिड संक्रमणको प्रवल संभावना रहेने अभिव्यक्ति दिनुभयो ।

 छलफलकै क्रममा नेपाल औषधि व्यवसायी संघका महासचिव रामचन्द्र शर्माले औषधि थोक व्यवसायी संघको पहलमा वडा समितिको तर्फबाट भएको  पहलकद्मी आफैमा स्वागत योग्य रहेको  बताउदै   छलफलको निष्कर्ष अनुरुप संक्रमणको  जोखिमबाट बच्न डब्लुएचओको मापदन्ड अनरुपको कार्यविधि अपनाउदै विहान ११ बजेबाट अपरान्ह ३ बजेसम्मात्र व्यवसाय सञ्चालन गर्ने बजारमा भिडभाड हुन नदिन  र बढ्दो अनियन्त्रित पार्किङ्गको व्यवस्थापन तत्काल गर्ने जस्ता विषयगत प्रस्ताव महत्पूर्ण रहेको बताउदै  यसको अक्ष्ररस कार्यान्वयन गर्नु पर्ने आवश्यकता औल्याउनु भएको छ ।

त्यस्तै औषधि थोक व्यवसायी संघका केन्द्रीय अध्यक्ष शिवराज वास्कोटाले क्षेत्रपाटी बजार भनेको थोक औषधिको कारोवार हुने बजार भएको हेक्का राख्न सम्वद्ध व्यवसायीलाइ आग्रह गर्दै थोक औषधि बजारबाट खुद्रा व्यवयसाय   पनि गर्छु भन्ने सोच यदि कुनै व्यवसायीमा छ भने तत्काल   ती व्यवसायीले क्षेत्रपाटी बजारबाट आफ्नो व्यवसाय स्थान्तरण गनुपर्नेमा जोड  औषधिको   बजारलाइ  मर्यादित   बनाउदै  व्यवसाय  र व्यवसायीको उच्चतम मर्यादा कायम गर्न आवश्यकरहेको जनाउ दिनुभयो । त्यस्तै उहाँले   अवका दिनमा वडा समितिसंगको सहकार्यमा बजारमा देखिएको अनावश्यक भिड नियन्त्रणका लागि थोक व्ययवासायी ,वडा समितिका प्रतिनिधी र स्थानीय संघसंस्थाको सदस्य समेत रहने गरि अनुगमन टाक्सफोर्स गठन गर्ने र टाक्सफोर्सको सहयोगमा नया शिराबाट व्यवसाय सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।