शुक्रबार, बैशाख १४, २०८१

उपत्यका छिर्ने सबै नाका सिल गर्न स्थानीय जनप्रतिनिधिको माग

काठमाडौ जेठ १, उपत्यका नगरपालिका फोरमका पदाधिकारीले गृहमन्त्री रामबहादुर थापालाई उपत्यका छिर्ने सबै नाका सिल गर्न  माग गरेका छन् ।

गृहमन्त्री रामबहादुर थापा सहित   मन्त्रालयका सचिव, तीन वटै जिल्लाका प्रमुख, तीन ओटै सुरक्षा निकायका प्रमुखसहितको  बैठकमा    उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका प्रमुखले  भेटवार्ताको क्रममा   उपत्यकावासीले सरकारले गरेको निर्णयलाई पालना गरिरहेको अवस्थामा केही व्यक्तिको आवत–जावतले उपत्यका दिनानुदिन संक्रमणको जोखिममा पर्दै गएको बताउदै उपत्यकाका नाकामा कडाई गर्ने भन्दा पनि प्रस्थान विन्दूबाटै आवत–जावतलाई रोक्ने कुरालाई कडाइका साथ पूर्णरुपमा पालना गर्र्ने वातावरण बनाउन माग गरेको हो ।

त्यस्तै आवत–जावतलाई कडाई गर्दै प्रस्थान विन्दुमै सबैलाई नियन्त्रण गर्नुका साथै अत्यावश्यक कामका लागि उपत्यका आउनु पर्ने व्यक्ति कुन पालिकामा आउने हो त्यहाँको पालिका र जिल्ला प्रशासनलाई पूर्व सूचना दिने व्यवस्था बनाइनुपर्नेमा उहाँहरुको जोड रहेको थियो ।

मन्त्रालयले पास दिने अनि उपत्यका भित्र ल्याएर छाडिदिने त्यसपछि हाम्रा वडाध्यक्ष–सदस्यहरु चाँहि उनीहरुको पछि–पछि लाग्दै उनीहरुलाई खोज्दै हिड्नुपर्ने बाध्यताका कारण ठूलो समस्या भएको जनाउ दिदै काठमाडौं महानगर प्रमसख शाक्यले ‘लकडाउनको उल्लङ्घन गर्दै लुकिछिपी उपत्यका भित्र आउने र उपत्यकावासीलाई नै अशान्त बनाउने जो–कोहीलाई कानुनी दायरामा ल्याएर कारवाही गर्न सुझाव समेत दिएको बताए ।

त्यस्तै बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उपत्यकामा लकडाउन खुकुलो बनाउँदा कोरोनाको संक्रमण जोखिम बढ्न सक्ने भन्दै घना बस्ती भएको कारण काठमाडौं उपत्यकालाई सुरक्षित राख्नु पर्नेमा जोड दिनुभयो ।  साथै  बैठकमा जनप्रतिनिधिले उपत्यका संघीय राजधानी समेत भएकाले स्थानीय तहले क्वारेण्टाइन निर्माण गर्दा मापदण्डलगायतका समस्या हुन सक्ने भन्दै क्वारेन्टाइन निर्माण गर्न संघीय सरकारलाई नै आग्रह गरेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।