शुक्रबार, बैशाख १४, २०८१

“प्रेम विश्वास हाे, प्रेम श्रद्धा र समर्पण हाे “

-अस्मिता भण्डारी-

प्रेम विश्वास हाे
प्रेम श्रद्धा र समर्पण हाे
प्रेम त्याग पनि हाे ….
जसले -जीवन र जगतलाई
खुशी दिन्छ …
र , खुशी लिन्छ पनि …
संसारकाे याे रंगमञ्चमा
प्रेम गर्नेहरु ..
प्रेममा हराउनेहरु ..
आँखाकाे नानीमा ” प्रेम “खाेज्नेहरु
हृदयकाे अन्तरमा
प्रणयकाे दीपक जलाउनेहरु
अंहकारका पहाडहरुलाइ ,
हिउँ सरि पगाल्न सक्छन्
द्वेष, राग र ईर्ष्याहरुलाई ,
पियूष सरि पिलाउन सक्छन् …
प्रेम जीवन हाे …
उत्साह र उमंग हाे ..
समयकाे रथ हाक्ने
समय सारथीहरु….
विजयकाे ताज पहिरिएर हिड्ने
महारथीहरु…
कहिले अमर प्रेमकाे कथा सुनाउदै
कहिले अमर प्रेमकाे कथा सुन्दै
समयकाे रथ हाँकि रहेका छन् ….
प्रेमकाे अस्त्रले दुनियाँ जित्नेहरु
अंहकारकाे शास्त्रले हारेका छन्
त्यसैले प्रेमकाे अङ्गगालोले
सबै विभेदका पर्खाल  ढल्दछन्
मानवता , शान्ति र हर्षका दिपहरु बल्दछन्
दुख र पिडाका घाउहरुमा मायाले लगाएका
मल्हम , पट्टी र ओखतिहरुले नै
प्रीतिकाे गीत बाेल्दछन् ।…..
कहिले अमर प्रेमकाे कथा सुनाउदै
कहिले अमर प्रेमकाे कथा सुन्दै
समयकाे रथ हाँकि रहेका छन् ….
प्रेमकाे अस्त्रले दुनियाँ जित्नेहरु
अंहकारकाे शास्त्रले हारेका छन् ..
त्यसैले प्रेमकाे अङ्गगालोले
सबै विभेदका पर्खाल ढल्दछन्…………………….(प्रणय दिवसकाे शुभकामना )

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।