आइतवार, बैशाख १६, २०८१

सर्वोत्कृष्ट कथा पुरस्कार पौड्याललाई

काठमाडौ असार ३१,
‘अनेसास पदम विश्वकर्मा सर्वोत्कृष्ट कथा पुरस्कार’ महेश पौड्यालको कथासङ्ग्रह ‘अपरिचित अनुहार’लाई प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)द्वारा हरेक दुई वर्षमा प्रदान गरिने पुरस्कारको राशि १ हजार अमेरिकी डलर रहेको छ ।

अमेरिका निवासी साहित्यकार पदम विश्वकर्माले अनेसासअन्तर्गत स्थापना गरेको यो पुरस्कार ‘अपरिचित अनुहार’का लागि कथाकार तथा समालोचक महेश पौड्यालपाले प्राप्त गरेका हुन् । आगामी लक्ष्मी जयन्तीका अवसरमा एक समारोह आयोजना गरी पुरस्कार प्रदान गरिने अनेसासले जनाएको छ ।
पौड्याल कथाकार, कवि, समालोचक तथा अनुवादक हुन् । अङ्ग्रेजी केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा उप–प्राध्यापकको रूपमा कार्यरत् पौड्यालका ‘तादी किनारको गीत’, ‘अनामिक यात्री’, ‘त्यसपछि फुलेन गोदावरी’ र ‘अपरिचित अनुहार’, ‘शून्य प्रहरको साक्षी’लगायत एक दर्जन बढी बालसाहित्यका पुस्तक, केही गीत र नाटक तथा स्कुलका दुई दर्जन पाठ्यपुस्तक प्रकाशित छन् ।उनी साहित्यिक पत्रकारिताका क्षेत्रमा पनि क्रियाशील छन् ।