आइतवार, बैशाख ३०, २०८१

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची

काठमाडौं असार ३१,
प्रतिनिधिसभा बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे आज बस्दैछ ।

संसद सचिवालयका अनुसार आज बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० संसदमा पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

त्यसपछि प्रस्तावमाथि सांसदहरुबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने जानकारीसंगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

साथै राष्ट्रिय सभामा उत्पत्ति भएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी कानुन मन्त्री गुरुङले प्रस्ताव प्रस्तुत गर्ने र यसपछि उक्त विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्नुका साथै पारित गरिने संसद सचिवालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु