शुक्रबार, बैशाख २१, २०८१

गठामुंगः पर्व

काठमाडौं असार ३१,
साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा काठमाडौँ उपत्यकालमा नेवार समुदायले मनाउने गठामुंगः पर्व शनिवार मनाइएको छ ।

प्रस्तुत पर्वको मनाउनेक्रममा हरियो नर्कट, निगालो र गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षस बनाई दोबाटो चौबाटोमा उभ्याइन्छ । राति राँको बालेर भूत भगाइन्छ र पुतलाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पु-याउने प्रचलन रहिआएको छ ।