सोमवार, बैशाख १७, २०८१

नेपालमा आईस हक्कीको संभावना प्रवल: सभामुख पाठक

काठमाडौं असार ३१,
नेपाल आईस  हक्की संघको साधारण सभाको उदघाटन गर्दै संघका अध्यक्ष वागमती प्रदेश सभाका सभामुख भुवन पाठकले आईस हक्कि नेपालमा अत्यन्तै संभावना रहेको खेल भएको वताउनुभएकोछ । त्यस्तै उहाँले आईस हक्कीलाई नेपाली युवामाझ पुर्याउँदै लोकप्रिय खेलको रूपमा विकास गरिने समेत बताउनुभयो ।

 साधारण सभाको उदघाटनसत्रमा संघका उपाध्यक्ष विजय खडकाले आईस हक्की हिमाली भेगको हावापानी सुँहाउदो खेल भएकोले नेपालको लागि यो सुँहाउदो भएकै कारणमा आगामी दिनहरूमा नेपालमा द्रुत गतिमा विकास गरिने वताए ।

त्यस्तै कार्यक्रममा काठमाडौं आईस हक्की एसोसिएसनको तर्फवाट अध्यक्ष प्रज्वल थापाले सभामुख पाठकलाई सम्मान गर्नुभएको उक्त कार्यक्रमम संघका महासचिव गणेश रिमालले प्रस्तुत गर्नुभएको संस्थाको विधान संसोधन प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको छ।

साधारणसभामा केन्द्रीय पदाधिकारी ,सदस्य लगायत विभिन्न जिल्लाका प्रतिनिधिको सहभागिता रहेको थियो ।