शुक्रबार, बैशाख १४, २०८१

प्रज्ञाका कुलपतिलाइ साहित्यिक पत्रकार सङ्घको ज्ञापन

काठमाडौं जेठ ३
साहित्यिक पत्रकारिताको उन्नयनमा समर्पित नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष मोहन दुवालको नेतृत्वको प्रतिनिधि मण्डलले नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईलाई ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापनपत्र बुझ्दै कुलपति राईले नेपाली भाषा र मातृभाषामा गरी दुईवटा राष्ट्रिय साहित्यिक पत्रकारिता पुरस्कारको स्थापना गर्न तत्पर रहेको बताउनुभयो । साथै उहाँले ,साहित्यिक पत्रिकालाई प्रदान गर्दै आएको वार्षिक अनुदानलाई निरन्तरता दिने र विधिवत रूपमा दर्ता भइ सञ्चालनमा रहेका साहित्यिक अनलाइन पत्रिकालाई समेत समेट्न प्रयत्नरत रहेको बताउनुभयो ।

त्यसअवसमा नेपाल साहित्यिक पत्रकार सङ्घका वरिष्ठ उपाध्यक्ष वियोगी बुढाथोकी ,उपाध्यक्ष बालिका गिरी ,महासचिव चेतनाथ धमला, सचिव होमशङ्कर बास्तोला,कोषाध्यक्ष सूर्य लाकोजूले आआफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिनिधि मण्डलमा सङ्घका केन्द्रीय सदस्य डा शैलेन्दु नेपाल,गायत्रीकुमार चापागाईं, अर्जुन तामाङ,नानीमैयाँ अधिकारी ,डा शैलेन्दुप्रकाश नेपाल ,जगत वाशिष्ठ , साहित्य पोस्टका सम्पादक अश्विनी कोइराला, लोकभावनाका प्रबन्धक रमणलाल लगायतका उपस्थिति रहेको थियो