शुक्रबार, बैशाख १४, २०८१

इन्धनको मूल्य घटेसंगै घट्यो सार्वजनिक यातायातको भाडा

 काठमाडौं जेठ ३,
नेपाल आयल निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ घटाएसँगै यातायात व्यवस्था विभागले स्वचालित प्रणाली अनुसार लामो दूरीको भाडा घटाएको छ । विभागले आज देखि लागु हुने गरी यात्रुवाहक र मालवाहक सार्वजनिक सवारीसाधनको भाडा घटाइएको हो ।

भारतीय आयल कर्पोरेसन [आईओसी] ले नेपाल आयल निगमलाई मंगलबार पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा र डिजेलमा ८ रुपैयाँ १३ पैसा प्रतिलिटरले घटेर आएसंगै निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ घटाएको हो ।

यस्तो छ सार्वजनिक यातायातको नयाँ भाडा सूची :

विभागका अनुसार यात्रुवाहक सवारीसाधनमा ३.२ प्रतिशत र मालवाहक सार्वजनिक सवारीको भाडामा पहाडी बाटोमा सञ्चालन हुनेको ४.१९ प्रतिशत र तराईका बाटोमा सञ्चालन हुनेमा ४.६५ प्रतिशत भाडा घटेको जनाएको छ ।