शनिबार, बैशाख १५, २०८१

अकबर हिन्दु बन्न चाहन्थे [पौराणिक कथा]

अकबर एक कुसल र परमवीर एवम् संसार भर परिचित राजा थिए । उनको चर्चा संसारै भरी थियो ।  उनमा कमी थियो त केवल ज्ञानको । अकबरले आफ्नो दरवारमा राजकाज चलाउन नौ रत्नको व्यवस्था गरेको  थियो   जस्लाई मन्त्रि भनिन्थियो ।नौरत्न मध्य एक थिए , वीरबल । वीरबल ज्ञानका ज्ञाता थिए ,वुद्धिमान थिए ।सबै समस्याको हल सहज तरिकाले गर्दथे। अकबर, वीरबललाई  दरबारी सभामा होच्याउन सक्दो प्रयास गरिरहन्थे तर अकवर आफै निचो हुन्थे । अकबर भन्ने गर्थे बिद्द्वान सँग हार्नु पनि ज्ञान प्राप्त हुन्छ ।

एकदिन  अकबरलाई भगवान राम र कृष्णको गाथा सुन्न मन लागेछ । वीरबलले राम ,कृष्ण ,अर्जुन ,भीमको निकै रोचक ढंगले कथा सुनाए । कथा सुनिसके पछि अकबर एकाएक शान्त रहन थाले । सधै सभामा मजाक गर्ने राजा सभामा उपस्थित हुनै छाडे । राजकाजको काममा पनि कम रुचि राख्न थाले ।  अकबरमा देखिएको परिवर्तनले रानी सहित सबै चिन्तित भए । कारण के हुन सक्छ भनी बुझ्न रानी वीरबलको घर पूग्ग्छिन ।रानीको कुरा सुनेर वीरबल भन्छन – म आफै अनभिज्ञ छु हजुर ।

केहीदिन पछि दरवारमा उपस्थित हुन सिपाहि वीरबलको घर पुग्छ । वीरबल अकबरको वोलावट आए पछि तुरून्त दरवार पुग्छन । वीरबललाई देख्ने वित्तिकै अकबर भन्छन – तिमी सँगै एउटा कुरा गर्नु थियो । अकबरको कुरा सुने पछि वीरबलले भने- हजुर मेरो पनि कुरा गर्नु छ । के हो तिमी नै भन पहिला ! अकबरले वीरबलको कुरा सुन्न चाहे । वीरबल – हजुर महारानी ,मन्त्री लगाएत सबै जना हजुरको व्यवहार देखेर चिन्तित छन , यसको कारण जान्न चाहन्छन । वीरबल मैले यसै विषयम कुरा गर्न तिमिलाई बोलाएको हो । अकबर भावुक हुँदै भन्छन -वीरबल, तिमीले हिन्दु ग्रन्थको बारे वर्णन गरेपछि मेरो ज्ञान प्राप्त गरे ,हिन्दु धर्म नै सबै भन्दा उत्कृट धर्म रहेछ । बीरबल गर्वका साथ भन्छन  –  यो त सोर्है आना सही हो हजुर ।

त्यसैले म हिन्दु बन्न चाहन्छु ,अकबर भन्दै जान्छन ,तिमी मलाइ  हिन्दु हुने उपाए बताउ । अकबरको कुरा सुनेर वीरबल तीनछ्क  परे । एउटा मुसलमान राजालाई कसरी हिन्दु बनाउने —— हुन्न भन्न नि नहुने सोच मग्न भए । निकै बेर पछि बुद्धिमता प्रयोग गर्दै वीरबलले भने – यस्को लागि हजुरले दुई वटा काम गर्नु पर्छ ।

अकबर हौसिदै भन्छन – म जे गर्न नि तयार छु । वीरबल- पहिलो ,हजुर पहिलेकै जस्तो हुनु पर्यो । दोश्रो कुरा केही समय लाग्छ ,धैर्य गर्नुपर्छ । केही दिन पछि अकबर पहिलेकै जस्तो भए । दरबारमा सबै खुशी भए तर वीरबल उपाए पत्ता नलागेर चिन्तित थिए ।समय घर्किदै थियो । एक दिन अकबरले सोधी हाले – मलाई हिन्दु हुन अझै कती दिन  लाग्छ ?

वीरबल -हजुर अब समय आयो । चार दिन सम्म सूर्य उदाउनु अघि नै उठेर दरवारको बार्दलीमा उभिएर सूर्यको ध्यान पूर्वक दर्शन गर्नुस त्यहीबाट हुजुरको हिन्दु वन्ने बाटो खुल्छ  भने ।  त्यसपछि अकबरले  खुशी हुदै हुन्छ ,भोलि देखि त्यसै गर्छु भने ।   वीरबलले भने बमोजिम सबेरै उठेर ध्यानपूर्वक सूर्य हेर्न लागे त्यसै बेला नदीमा एउटा धोवी गधालाई जबर्जस्ती नुहाउँदै थियो ।गधा भाग्न खोज्दै थियो तै पनि कुटी कुटी नुहाइ दिने प्रयास गर्दै थियो । अकबरले  नदेखे जसरी जसो तसो पहिलो दिनको कार्य सके । दोस्रो   दिन पनि धोवीको  त्यहि    प्रकृया दोहोरियो । तथापी  अकबरले चुपचाप   सहेरै बसे । तर   तेस्रो दिन   धोवीको  चालामाला   देखेर अकबरलाइ  रीस उठ्यो । अकबरले -ए ,धोवी !  त के गरिराको छस  भन्दै    कड्किए   ।

यसरी  अकवर  राजाको  आवाज सुनेर नम्र हुदै धोवीले भने-   रिसानी माफ होस जाहपना … यो  गधालाई नुहाएर राम्रो घोडा बनाउन खोजेको हजुर  तर  गधा मान्दै मान्दैन  भन्दै    धोबीले दिएको  जवाफ  सुने पछि वीरबलको कुरा अकबरले बुझे ।