शुक्रबार, बैशाख १४, २०८१

काभ्रेमा रोटरीको महिलाको प्रजनन स्वास्थ्य परीक्षण शिविर

काठमाडौं माघ ५ , स्वास्थ्य नै धन हो भन्ने मुल नारा सहित रोटरी क्लव अफ न्यूरोड सिटी, महिला शक्ति विकास केन्द्र र इननर विहल क्लव अफ न्यूरोड सिटीले  संयुक्तरुपमा काभ्रेपलाञ्चोकको वडा न.८ स्थित होस्के स्वास्थ्यचौकीको सहकार्यमा शनिवार महिलाको प्रजनन स्वास्थ्य परीक्षण शिविर कार्यक्रममको आयोजना गरेको छ । नेपाल प्राकृतिक तथा मानव श्रोत विकास संघ नहुदाको प्राविधिक सहयोगमा आयोजित उक्त   शिविरमा स्थानीय १ सय ५१ जना महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

आयोजक सस्थाले यसरी स्वास्थ्य परीक्षण् गरिएका स्थानीय महिलामध्ये २२ जना महिलामा देखिएको आङ्ग खस्ने समस्या सहितको क्यान्सर जस्तो गम्भीर प्रकृतिको समस्या पहिचान गरिएको र ती मध्ये पनि दुइ जनाको तत्काल उपचारका लागि काठमाडौं रिफर गरिएको जनाएको छ । त्यसअवसरमा   पछिल्लो समय महिलाहरुको संवेदनसिल अंग पाठेघरको संक्रमण सम्बन्धी चेतना अभिृद्धि संगै आफ्नो स्तन आफै परीक्षण् गर्ने तरिका पिसाव चसहिने रोगको परीक्षण लगायतका महिलासम्बन्धी थप रोगको परामर्श सहित उपचार गरिएको थियो। कार्यक्रममा काभ्रे वडा  न ८ अध्यक्ष सञ्जय लामा सहित वडा समितिका कर्मचारी,महिला शक्ति विकास केन्द्र नेपाल रोटरी क्लव न्यूरोड सिटी र इननर विहल क्लव अफ न्यूरोड सिटीका विभिन्न तह र तप्काको जिम्मेवारीमा रहेका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।