शुक्रबार, चैत्र १६, २०८०

दलगत भागवण्डा सहित सत्य निरुपण र बेपत्ता छानविन आयोगका लागि पदाधिकारी सिफारिस

काठमाडौ माघ ४ , सत्य निरुपण तथा मेलमिलाप आयोगको र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको पदाधिकारी सिफारिसका लागि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षमा गठित सिफारिस समितिले दुवै आयोगका लागि अध्यक्षसहित सदस्यहरुको नाम सिफारिस गरिएको छ।  समितिले सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा। गणेश भट्ट र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदीको नाम सिफारिस गर्दै आज दिउँसो कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाललाई आयोगका पदाधिकारीको बुझाएको हो।

शुक्रवार प्रधानमन्त्री केपी ओली नेकपाका अध्यक्ष प्रचण्ड र प्रतिपक्षीदल काँग्रेसका सभापति शेरवहादुर देउवावीच भएके छलफललगत्तै सत्तारुढ दल नेकपा र प्रतिपक्षी दल कांग्रेसले दुई आयोगमा भागवण्डाको निति अख्यिार गर्द सत्य निरुपण कांग्रेस र बेपत्ता छानविन नेकपाको भागमा पर्ने गरि आयोगका पदाधिकारी सिफारिस भएके बुझिएको छ ।

सत्य निरुपणको अध्यक्षमा सिफारिस भएका डा भट्ट त्रिविका सहप्रध्यापक हुन्। हाल त्रिवि अन्तर्गतकै नेपाल ल क्याम्पसमा यहाँ कार्यरत रहेका
छन भने बेपत्ता छानविन आयोगमा सिफारिस भएका सुवेदी महान्यायाधिवक्ताको कार्यालयमा सचिव स्तरको नायव महान्यायाधिवक्ताको रुपमा कार्यरत रहि उमेर हदका कारण निवृत्त व्यक्ति हुन। त्यस्तै सत्य निरुपण आयोगको सदस्यहरुमा प्रचण्डराज प्रधान, गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेलको नाम सिफारिस भएको छ।

त्यस्तै बेपत्ता छानविन आयोगमा विष्णु भण्डारी, सुनिल रञ्जन सिंह, गांगा अधिकारी र सरिता थापा मगरको नाम सिफारिस भएको छ । बेपत्ता छानविनमा सफिारिस भएका भण्डारी नेकपाबाट हुन भने अन्य सदस्यहरु कांग्रेससमर्थक रहेको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।