शनिबार, बैशाख ८, २०८१

आजदेखि मौसमी उतारचढावमा सुधार हुने महाशाखाको जनाउ

काठमाडौ माघ ५, जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय वायुको उतारचढावमा रहेको मौसमी अवस्थामा आजदेखि सुधार हुने जनाएको छ । पश्चिमी न्यून चापीय वायुका कारण आज देशभर आंसिकदेखि सामान्य बदली रही पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै सोमवार पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने र मङ्गलबार पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रही पश्चिमी पहाडी भेगका एकाध स्थानमा हल्का वर्र्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ९ डिग्री र अधिकतम १६ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।