शुक्रबार, बैशाख १४, २०८१

प्रतिनिधिसभाको बैठक पुन : स्थगित

काठमाडौ पुस २७,  प्रतिनिधिसभाको बैठक पुन स्थगित गरिएको छ । सभामुखका विषयमा नेकपामा सहमति जुट्न नसकेपछि प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको हो। यसअघि आइतबार दिउसो १ बजे बैठक बस्ने पूर्व निर्धारित कार्यक्रम रहेको थियो ।

आइतवारको बैठक स्थगन सम्बन्धी स्थगन सूचनामा बैठक माघ ६ गतेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ। यसैवीच सभामुखका विषयमा सत्तारुढदल नेकपामा सहमति जुट्न सकेको छैन। शनिबार नेकपाको सचिवालय बैठकले उपभासमुख डा.शिवमाया तुम्बाहाङफेलाई राजीनामा गर्न निर्देशन दिने निर्णय गरे पनि डा।तुम्बाहाङफेले राजीनामा नदिने आफ्नो अडान कायमनै राखेकै कारण नेकपाका अध्यक्षद्वयले प्रतिनिधिसभा बैठक स्थगित गर्न आग्रह गरेको थाहा भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।