शनिबार, बैशाख ८, २०८१

प्रदेश न ३ को स्थायी राजधानी हेटौडा , पक्षमा १सय ५ मत र विपक्षी ३ मत

काठमाडौं पुस २७,   प्रदेश ३ को आज बसेको प्रदेशसभाको बैठकमा प्रदेशको स्थायी राजधानी तोक्ने सम्बन्धमा भएको मतदानमा प्रदेश राजधानी हेटौडाका पक्षमा कुल सांसद संख्याको दुईतिहाई अर्थात १०५ सांसदले मतदान गरेका छन् भने यसको विपक्षमा ३ मत परेको प्राप्त समाचारमा उलेख गरिएको छ ।

प्रदेशसभाका ५ दलका १ सय १० जना मध्ये सत्तारुढदल नेकपाका ८० र काँग्रेसका २२ सांसद् छन् । विवेकशीलको ३, नेपाल मजदुर किसान पार्टीको २, राप्रपा, राप्रपा संयुक्त र स्वतन्त्रका १÷१ सांसद् सदस्य रहेका छन् । यसअघि प्रदेशको स्थायी राजधानीका लागि २ वटा नाम प्रदेशसभामा दर्ता भएका थिए ।

यसअघि प्रदेश ३ को नाम बाग्मती राख्ने सम्बन्धमा भने सर्वसम्मत निर्णय भएको थियो । हेटौडा राजधानी अपायक भएको भन्दै व्यापक विरोधका आवाज गुञ्जिदै आएका अवस्थकावीच आज भएको निर्वाचनले राजधानीके सवालमा नितिगत निर्णय गरेको सचिवालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।