बिहिबार, बैशाख १३, २०८१

फरार अभियुक्त लामालाई गोली हानेर पक्राउ

काठमाडौ पुस २७, नेपाल प्रहरीको महानगरीय प्रहरीवृत्त बौद्धको टोलीले बौद्धको जम्बुडाँडाबाट कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त विष्णु लामालाइ आज पक्राउ गरेको छ । फरार अभियुक्त लामालाइ प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो ।

प्रहरी टोलीले लामालाइ पक्राउ गर्ने क्रममा प्रहरीमाथि प्रत्याआक्रमणको प्रयास गरेपछि घुँडामुनि गोली हानेर नियन्त्रणम लिईएको जनाउँदै निजको वीर अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

प्रहरीको अनुसार लामाले गत वर्ष माघमा काठमाडौको जोरपाटीमा १७ महिनाको बच्चाको हत्या गरेको र गत भदौमा काठमाडौँ मेडिकल कलेजका विद्यार्थीलाई खुकुरी प्रहार गरी फरार रहेको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।