शुक्रबार, बैशाख १४, २०८१

सैन्यशासक पर्वेज मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको आदेश

समाचार एजेन्सी /पुस १, सन् १९९९ देखि २००८ सम्म पाकिस्तानको सत्ता आफ्नो हातमा लिदै सञ सञ्चालन गरेका पाकिस्तानका पूर्व राष्ट्रपति पर्वेज मुसर्रफलाई मृत्युदण्डको फैसला सुनाइएको छ । विशेष अदालतको ३ –सदस्यीय इजलासले पूर्व सैन्यशासक पर्वेज मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको फैसला सुनाएको अन्र्तराष्ट्रि सञ्चारमाधयमहरुले जनाएको छ ।

त्यस्तै पेशावर उच्चअदालतका प्रधानन्यायधिस वकर अहमद सेठको नेतृत्वको इजलाशले आज उनलाई मृत्युदण्डको सजाय सुनाएको हो । सन् २००७ मा संविधान निलम्बित गरेको भन्दै देशद्रोहको मुद्दामा अदालतले फैसला सुनाएको जनाउँदै पाकिस्तानको इतिहासकै पहिलोपटक पूर्व सरकार प्रमुखलाई मृत्युदण्डको फैसला सुनाइएको जिकिर गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।