बिहिबार, बैशाख ६, २०८१

पत्रकार कुट्ने प्रहरीविरुद्ध जिल्ला अदालत काठमाडौंमा कुटपिट मुद्दा दायर

काठमाडौ पुस १, १३ औँ दक्षिण एशियाली खेलकूद (साग) समापनका दिन समाचार सङ्कलनका क्रममा दर्शक पिट्दै गरेको फोटो खिचेको भन्दै पत्रकार सुमन चापागाईंलाइ कुट्ने प्रहरीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । नेपाल रिपब्लिक मिडिया प्रालिले मिडिया हाउसका पत्रकारलाई कुटपिट गर्ने प्रहरीलाई सजायको माग गर्दै मुद्दा दायर गरेको हो ।

मिडियाका तर्फबाट मदन अर्याल र प्रहरीबाट कुटिएका पत्रकार चापागाईंले दमनमा उत्रेका प्रहरीविरुद्ध कुटपिट मुद्दा दर्ता गरिएको प्राप्त समाचारमा उलेख गरिएको छ ।  स्मरण रहोस , मुलुकी अपराध संहितामा कुटपिट मुद्दामा ३ वर्षसम्म कैद, ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।