शुक्रबार, चैत्र १६, २०८०

गुठी संस्थानका प्रमुख प्रशासक चौधरी र उपप्रशासक रेग्मी पक्राउ

काठमाडौ पुस १,  गुठी संस्थान त्रिपुरेश्वरका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीलाई घुस लिएको अभियोगमा पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका–१ मा रहेको जग्गासम्बन्धी गुठी संस्थानमा चलिरहेको मुद्दाको सम्बन्धमा गुठीको जग्गा गुठीमै कायम गर्नका लागि घुस लिएको अनुसन्धानको क्रममा खुलेसंगै प्रमुख प्रशासक चौधरी र उपप्रशासक रेग्मीलाई पक्राउ गरिएको आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्ते विज्ञप्तिमा आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनीहरुलाई घुस लिएको अभियोगमा नियन्त्रणमा लिइएको हो । आयोगले प्रमुख प्रशासनक र उपप्रशासकले के कति रकम घुस लिएको भन्ने बारेमा केही नखुलाए पनि आरोपीद्वयउपर  अनुसन्धान जारी रहेको उल्लेख गरिएको छ ।

यसैवीच आयोगले जिल्ला मालपोत कार्यालय धादिङका तत्कालीन मालपोत अधिकृत कुशध्वज खत्री, नायब सुब्बाद्वय शम्भुनारायण राजभण्डारी र अनन्तराज सत्याल, तत्कालीन सर्वेक्षक विश्वकुमार बस्नेत र अमिन भीमप्रसाद श्रेष्ठविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

त्यस्तै दायर मुद्धामा आयोगले मालपोत अधिकृत खत्री, नासुद्वय राजभण्डारी र सत्याल, सर्वेक्षक बस्नेत र श्रेष्ठविरुद्ध रु नौ लाख चार हजार ५०० बराबरको बिगो कायम गरेको छ । यस्तै जग्गाधनी नानु अधिकारी र अशोक अधिकारीको हकमा पनि सोही बराबरको बिगो माग गरिएको छ ।

त्यस्तैगरि आयोगले आजै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, आर्थिक प्रशासन प्रमुख रुपा सिङ्घाची अग्रवाल र सिनियर क्लर्कद्वय चन्द्रकुमाुर मगर र रमेशकुमार खतिवडाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।