शुक्रबार, बैशाख १४, २०८१

अस्पतालको वेडबाट प्रम ओलीको ट्वीट- मेरो स्वास्थ्य सुधार हुने क्रममा निकै तिव्रता आएको छ

काठमाडौ मंसिर १२, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जस्थित कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहनु भएका प्रधानमन्त्री केपी ओलीले आफ्नो स्वास्थ्यप्रति चासो राख्ने सबैलाई धन्यवाद दिदै आफ्नो स्वास्थ्य सुधार हुने क्रममा निकै तिव्रता आएको जनाएको छ ।  प्रम ओलीले अस्पतालको वेडबाट आज बिहान ट्वीट गर्दै स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको जानकारी दिनु भएको हो ।

प्रधानमन्त्री ओली आफ्नो ट्वीटमा “बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थितिबारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा धन्यवाद व्यक्त गर्दछु ।”भनिएको छ,

यसैवीच चिकित्सकले ओलीलाई अझै केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताएका छन् । १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि अर्को मिर्गौला प्रत्यारोपण गर्ने तयारी भइरहेको बेला प्रम ओलीको स्वास्थ्यमा नयाँ समस्या देखिएको हो । यद्यपी उहाँकोस्वास्थ्य अवस्था सुधारन्मुख रहेको अस्पतालले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।