शुक्रबार, चैत्र १६, २०८०

यातायात व्यवस्था नियमावलीअनुसार नम्बर नराखे कारवाही

काठमाडौ मंसिर १२ , यातायात व्यवस्था विभागले प्रदेश सङ्केतसहित सवारी साधनको नम्बरअगाडि दुई लाइनमा र पछाडि तीन लाइनमा राख्न अनिवार्य गरेको छ । विभागले बुधवार एक सूचना जारी गर्दै नयाँ दर्ता हुने सवारी साधनलाई नम्बर राख्दा मिलाएर राख्न सकुर्लर जारी गरेको हो ।

त्यसो त विभागले गत वर्षनै प्रस्तुत सूचना जारी गरे पनि त्यसको कार्यान्वयनमा चुस्ता आउँन सकेको थिएन । त्यस्तै कार्यान्वयनको क्रममा पनि सवारीधनीले नबुझेर दुई लाइनमा मात्रै नम्बर प्लेट राखेको अनुगमनको क्रममा पाईको विभागले जनाएको छ ।

साथै विभागले जारी सूचनामा सवारी तथा यातायात व्यवस्था नियमावलीअनुसार नम्बर नराख्ने सवारी साधनलाई कारवाही हुने जनाउँदै जारस् सूचनामा उल्लेख भए अनुरुप को सवारी नम्वर प्लेट राख्न भनेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।