शुक्रबार, बैशाख १४, २०८१

महराले सांसदकारुपमा पाउने सवै सेवा–सुविधा रोक्का

काठमाडौं असोज २३, संसद सचिवालयले सूचना जारी गर्दै बलात्कारको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले सांसदकारुपमा पाउने सेवा–सुविधा स्थगित भएको जनाएको छ ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि वलात्कारको आभियोगमा  महरालाइ गत असोज १९ गते काठमाडौं जिल्ला अदालतको आदेशानुसार सभामुख निवासबाट जबर्जस्ती करणी उद्योग मुद्दाको अनुसन्धानको लागि पक्राउ गरिएको हो ।

जारी सूचनामा प्रतिनिधिसभा नियमावलीको नियम २४४ उपनियम ३ को प्रयोजनको लागि सूचना प्रकाशन गरिएको छ’–संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईद्वारा हस्ताक्षरित सूचनापत्रमा उल्लेख छ ।

प्रकाशित  सूचनामा  प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २४४ को उपनियम १ र २ मा कुनैपनि सदस्य पक्राउ परेको जानकारी सभाको अध्यक्षता गर्ने व्यक्तिले प्राप्त गरेमा सदन चालू रहेको अवस्थामा तत्काल सभालाई जानकारी गराउने र चालू नरहेको अवस्थामा सूचना प्रकाशित गरी जानकारी गराउनुपर्ने व्यवस्था रहेको र सोही नियमावलीको नियम २४४ को उपनियम ३ मा सेवा–सुविधा स्थगितको व्यवस्था उल्लेख छ । साथै कुनैपनि सांसद फौजदारी अभियोगमा पक्राउ पर्नेबित्तिकै मुद्दाको किनारा नलाग्दासम्म निजको सांसद पद निलम्बन हुने व्यवस्था रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।