बुधबार, बैशाख १२, २०८१

राष्ट्रियताको उत्थानका लागि जातीय स्वतन्त्रता आवश्यक

राम चन्द्र प्रजापति / भक्तपुर असोज २३,  जातीय स्वतन्त्रतालाई दवाई राष्ट्रिय उथान हुन सक्दैन भन्ने मुल नाराका साथ आज ५८ औं विराट नेपाल भाषा साहित्य सम्मेलनको आयोजना गरिएको छ ।

गुथीका सल्लाहकार कवि योगेन्द्र प्रधानले सम्मेलनको सफलताको कामना गर्दै गुथीलाइ कुनैपनि राजनीतिकदलको पार्टी सस्था बन्नबाट
जागाउँन आवश्यक रहेको बताउँद गुथिको विगतदेखिको प्रस्तावित लक्ष्य अनुरुप चलायमान राख्न सम्वद्ध सवैमा आग्रह गर्नु भएको छ ।

विराट गुथीक अध्यक्ष महेन्द्र गोपाल कर्मचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा पुष्पराज राजकर्णिकार , साहित्यकार तिलक प्रकाश कायस्थ ,नेपाल प्रज्ञा प्रतिष्ठानका नेपाल भाषा विभागका प्रमुख लक्ष्मी माली कथा साहित्यकार राजा शाक्य , राकेश महर्जन सुकुन्दा श्रेष्ठ , त्रिरत्न शाक्य ,पुष्प तिमिला लगायतले   नेपाल भाषा र नेपाल भाषा साहित्य सम्मेलन विराट गुथी सम्बन्धि आ -आफ्नो धारणा राख्नु भएको थियो।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।