शनिबार, बैशाख १५, २०८१

न्यायपरिषद बैठक : उच्च अदालतका न्यायाधीशको काज सरुवा सिफारिश को – काँहा ?

काठमाडौं फागुन २,  न्यायपरिषदको बसधवार बसेको  बैठकले उच्च अदालतका सात न्यायाधीशको काज सरुवा गर्न प्रधानन्यायाधीशसमक्ष सिफारिश गरेको छ ।

यसरी सिफारिस गरिएका न्यायाधीशहरुमा उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासका न्यायाधीशलाई उच्च अदालत विराटनगर, उच्च अदालत पाटनका न्यायाधीश राजकुमार बनलाई उच्च अदालत दिपायलमा, उच्च अदालत पोखराका न्यायाधीश वीरबहादुर डाँगीलाई उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास सरुवा गर्न सिफारिश गरिएको परिषदलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै उच्च अदालत पाटनका न्यायाधीश हेमराज पन्तलाई उच्च अदालत जनकपुरमा, प्रभा बस्नेत उच्च अदालत तुलसीपुर, बुटवल इजलास (हाल काजमा राष्ट्रिय न्यायिक प्रतिष्ठान) लाई उच्च अदालत पाटनमा र उच्च अदालत पाटन, हेटौँडा इजलास उच्च अदालत पाटनमा सरुवा गर्न सिफारिश गर्नुको अवाला उच्च अदालत विराटनगरका न्यायाधीश शेखरप्रसाद पौडेललाई अदालतका कामसमेत गर्ने गरी विराटनगर जुटमिल्स लिमिटेडमा भएको अनियमितताको छानविन गरी प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग खटाउनसमेत सरकारलाई परामर्श दिने निर्णय गरेको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।