बुधबार, बैशाख १२, २०८१

प्रेम दिवस- किशोरावस्था पार गरेका जमातकावीच पनि उत्तिकै लोकप्रिय बन्दै

-गिरिशा उपाध्याय-

संस्कृति कसैको  निजी होइन यसमा सबैले रमाउन पाउनु पर्छ तर रमाईलोको नाममा आफ्ना साँस्कृतिक मुल्यमान्यता चाडपर्व र परम्पराको मुल्याङ्कन सहित र विद्यमान युवापुस्ता र पुरानापुस्ता वीचको बैचारिक विभदेका साथै साँस्कृतिक पक्षलाई पनि जिवन्त राख्दै समयानुकुल रुपमा अगाडि बढ्नु पर्छ भन्ने मान्यतालाई नविर्सन गरिएको आग्रह मात्र

      मेरो कल्पनाको संसार एकदमै फरक रहेछ । हजारौ हुलहरुका विचमा हराएको मान्छे सरी मेरो कल्पनाको संसार त एउट सपनाको सुन्दर संसार रहेछ । मैले देखेको मेरो समाज, मेरा प्रत्येक पलसंग टाढीएको एउटा लक्ष्यको ज्वलन्त रुप रहेछ । यो भाव आधुनिकताले छोइसकेको तर आफ्ना परम्परागत मुल्यमान्यताको परिबन्धलाई पुर्णरुपले भुल्न नसेको दोहोरो अवस्थाको Transaction’s Phage  मा रहेको वर्तमान युवाहरुको हो ।

यी शब्द एकCollage student को हो जो प्रत्येक चाहना, इच्छा र परिवर्तित समाज र पुरातन समाज र नयाँ युवा पुस्तावीचकोGeneration gap को कुरागरीरहेकी थिइन् । झटट सुन्दा यो उनको व्यक्तिगत अभिव्यक्तिका रुपमा बाटो हिड्दा  सहपाठी मित्रसंग व्यक्त गरेका भावनाहरु जस्तो लाग्छ ।  तर प्रस्तुत  भावनामा  लुकेको तितो यथार्थ पूर्ण अर्थाथ { New Generation Old Generation बिचका बैचारीक भिन्नता रहेको सहजै बोध गर्न सकिन्छ । थाहा छैन यो वार्तालापलाई उनीहरुले कहाँ सम्म कसरी निरन्तरता दिए, म भने केहि सोच्न बाध्यै भए । प्रसंग ”Valentine day” को नाममा युवापुस्ता देखि योवनकाल पारगर्ने लागेकाहरुमा समेत देखिएको उत्साह देखेर ।  हो 14 Feb  अर्थात् प्रेम दिवस वा प्रणय दिवस अंग्रेजी ”Valentine day”हाल पछिल्लो समयमा किशोर किशोरी मात्र नभएर किशोरावस्था पार गरेका जमातकावीच पनि निकै लोक प्रिय बन्दै गइरहेको छ ।

भ्यालेन्टाइन डे अर्थात् लोकचलन अनुसार रोम  ’14 Fe अर्थात् प्रेम दिवसको उद्गम स्थल थियो । Rom का Catholic Saints Valentine’s  को सम्झनामा Celebrate गर्दै आएको यो दिन अर्थात् 14 Febure  आजका दिन सम्म आइपुग्दा विश्वभरी Love Day का रुपमा स्थापित भइसकेको छ । आधुनिकताको बढ्दो विश्वव्यापीकरणसंसंगै प्रेम दिवसको नाममा Valentine’s day ले त्यतिनै व्यापकता पाउँदै गएको छ । यस्तै यस्तै अनेकन भावनाहरु समेटी तर्क र विर्तकको मैदानमा समाजलाई खडा गरेको दिन । 14 Febrary  ले आधुनिकता संगै कल्पनाको सागरमा डुल्ने र डुबेर हजारौ कोस टाढाको उडान भर्ने कल्पना गर्ने यि युवाजमातमा यस दिनले छुटै उत्साहा, आश र विश्वास छाइदिएको छ ।

हुनत अमेरिका, क्यानेडा, बेलायत जस्ता युरोपियन मुलुकमा धेरै पहिले देखिनै यो दिनले प्रेम पर्वको रुपमा आफुलाई स्थापित गराई सकेपनि South asian country मा भने धेरै पछि मात्र यसले आफ्नो प्रभुत्व जमाएको देखिन्छ । त्यस्तै Valenten’s day  Crismaपछिको अर्को ठूलो पर्वका रुपमा मनाईने भएकाले नै यस दिन विश्वमै Cards हरु विक्रि उल्लेख्यरुपमा हुने गरेका छन । साथै Valentine day  का दिन जापानको एउटा चक्लेट कम्पनीले वार्षिक उत्पादनको आधा भन्दा बढी चकलेट यस अवसरमा विक्रि गर्ने गरेको तथ्याकं छ । यसरी Modenization (आधुनिकरण) संग आफ्नो प्रभुत्वकायम गर्दे युरोपियन देशबाट साउथ Asain Country df Valentens day  मा Valentens day  को प्रभुत्व बढ्नुका यि तिन कुरालाई महत्वपूर्ण मान्न सकिन्छ । 1) Marketing effort  2) Industrial Innovation 3) Capitalizing the culture 4) Technologi 5) New media

मुख्यतया आधुनिकरण संगै किशोर अवस्थाका बालबालीका तथा young generation मा विदेशीको प्रभाव छिटो पर्नु नै हो भने Valentines day  संग सम्बन्धीतLove card, chocolate, graphies arts जस्ता आकर्षक बस्तुको बजार प्रभावले गर्दा पनि young generation मा  Valentine day  को प्रभाव बढि देखिएको हो ।

Valentine day न त हाम्रो संस्कृतिनै हो न त चाडनै तर प्रविधिको विकास र पहुँच संगै नेपालमा यसले प्रभाव विस्तारित गरेको छ । नेपालमा F.m. Radio  र स्वदेशी तथा विदेशी टेलिभिजन च्यानल मार्फत नेपालमा पनि वर्षे पिच्छे यो दिन Celebrationगर्नेहरुको संख्या बढ्दो छ । छोटो अवधिमै 14 Feb ले युवा जमातमा पारेको प्रभावलाई हेर्ने हो भने परसंस्कृतिका अतिक्रमण तिव्ररुपमा भएको भान्न सकिन्छ । यसरी south asain country  हरुमा  cultural infulence  हेर्ने हो भने युवावर्गको ध्यान Materialistic prospective  तिर वढी आर्कषित भइरहेको   Researcher  हरुको भनाइ छ । ति  Researcher  को भनाईलाई आत्मासात गर्ने हो भने नेपालमा Valentine day को बढ्दो प्रभावलाइ समयको मागको रुपमा व्याख्या गरिए पनि अन्तत यो आधुनिकताको नाममा मौलाएको विनास भन्दै समयमानै सचेत हुन जरुरी रहेको बताउँछन । यद्यपी संस्कृति कसैको  निजी होइन यसमा सबैले रमाउन पाउनु पर्छ तर रमाईलोको नाममा आफ्ना साँस्कृतिक मुल्यमान्यता चाडपर्व र परम्पराको मुल्याङ्कन सहित र विद्यमान युवापुस्ता र पुरानापुस्ता वीचको बैचारिक विभदेका साथै साँस्कृतिक पक्षलाई पनि जिवन्त राख्दै समयानुकुल रुपमा अगाडि बढ्नु पर्छ भन्ने मान्यतालाई नविर्सन गरिएको आग्रह मात्र हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।