बुधबार, बैशाख १२, २०८१

प्रधानमन्त्रीद्वारा आज देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौ फागुन २,  प्रधानमन्त्री केपी ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा आज देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ ।

प्रम ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार सिंहदरबारस्थित ग्यालरी बैठकबाट अपराह्न ४ बजे सम्बोधनको क्रममा सरकारले एक वर्षमा गरेका उपलब्धि सार्वजनिक गर्नुहुने र सम्बोधन कार्यक्रममा मन्त्री र सरकारका विशिष्ट श्रेणीका कर्मचारीहरुको सहभागीता रहने बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।