शनिबार, बैशाख १५, २०८१

सिद्धहस्त तान्त्रिक जा मनः गुभाजु अव चलचित्रमा

काठमाडौं मंसिर ७, जा मनः गुभाजु १७ औं शताब्दीमा कान्तिपुरका तत्कालीन मल्लराजा प्रताप मल्लका कार्यकालमा राजाका बिश्वासपात्र, एवम् एक सिद्धहस्त तान्त्रिक थिए । उन��� काठमाडौंको १८ वटा बहाःबही मध्येको मुसुम्बहालमा बस्दथे । हो उनै गुभाजुको दैनिक कार्य तालिकामा प्रयोग हुने तन्त्र, मन्त्रलगायत साधनाका बारे पनि सो चलचित्रमार्फत जानकारी दिने लक्ष्य अनुरुप जेस्सि पेन्नी इन्टरनेट र वाइड बुल्स प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको चलचित्र हो जा मन गुभाजु ।

करीब दुई घण्टा समयावधिको उक्त चलचित्रमा गुवाजुले तान्त्रिक विद्यामार्फत समाजसेवामा पु-याएको योगदानका साथै जप, तप, ध्यानका माध्यमबाट खराब तत्वमाथि प्राप्त गरेको सफलताका बारेमा विषयवस्तु समावेश गरिएको छ । करीब रु ५० लाखको लागतमा नेपाल भाषा (नेवारी) मा निर्माण गरिएको सो चलचित्रलाई नेपाली र अङ्ग्रेजी भाषामा समेत अनुवाद विदेशमा समेत प्रदर्शन गरिने निर्माता समूहले जनाएको छ । चलचित्रमा गुवाजुको भूमिकामा सुशील राजोपाध्याय र उहाँको श्रीमतीका रुपमा सरस्वती मानन्धरले अभिनय जीवन्त अभिनय गर्नु भएको छ ।

चलचित्रका सम्बन्धमा दिईएको जानकारी अनुसार कान्तिपुरमा भारतबाट आएका एक जना चटकेद्वारा जादु देखाउने नाममा समाजमा आतंक फैलाउने काम गरि आएको देखेर जा मनः गुभाजुले उनलाई पाठ सिकाउंँनका लागि गरेको क्रियाकलाप समेतलाइ प्रस्तुत गरिएको छ । कथासारअनुसार त्यस बखत पानीको शंकट परेको हुन्छ । पानीको जोहो गर्न जा मनः गुभाजुले राजा प्रताप मल्ललाई स्वयम्भूको शान्तिपुर जान र त्यहाँ बाट नवनागको रगतले लेखिएको शास्त्र ल्याउन दीक्षा दिई मद्दत गर्छन् । उक्त शास्त्र प्राप्ति पछि पानी परेको प्रसंग उल्लेखनीय छ ।
जा मनः गुभाजु एउटा अनुष्ठान गर्न आफ्नो गोप्य कोठामा पसेका हुन्छन् । केही समयपछि उनकी श्रीमतीले मन थाम्न नसकेपछि नहेर्न भनिएता पनि कोठा भित्र पसेर हेर्दा जा मनः गुभाजु अचेतन अवस्थामा देख्छिन् । उनकी श्रीमतीले जा मनः गुभाजुको देहावसान भएको ठानेर उनको अन्त्येष्ठी हुन्छ । तर जामनः गुभाजु सामान्य अवस्थामा जीवितै देखापर्दा देख्नेहरु अचम्म मान्छन् र जा मनः गुभाजुले आफ्नोे अन्त्येष्ठी समेत भइसकेको थाहा पाएपछि लगत्तै फर्केर विलिन हुन्छन् । जा“दाजा“दै वहा“ले जवसम्म आफ्नो कुल वा टोलमा दृष्टि बिहीन,   भएका, कुप्रिएका ब्यक्तिहरु हुन्छन् तबसम्म आफु जिउंदै रहने वचन दिएर हालसम्म पनि लोकमा त्यस्ता ब्यक्तिहरु हुने गरेको पाइएकाले जा मनः गुभाजु अझै पनि जीवितै रहेको जनबिश्वास रहिआएको छ । नेपालको ईतिहासमा अव्दितीय नक्षत्रका रुपमा चम्किरहेको महापुरुष जा मनः गुभाजुको जीवनीका अरु पनि उजागर हुन बांकी पाटोहरु रहेको हुन सक्ने हुंदा अझ बढी अनुसन्धान गर्न सके अझै पनि हाम्रो इतिहासमा अर्को आयाम थपिने विश्वास लिन सकिन्छ ।

त्यस्तै चलचित्रका निर्देशक रवि सायमीले तन्त्र र दर्शनका आत्मज्ञानी गुभाजुले राजा प्रताप मल्लको निकट रही तन्त्र साधनाका माध्यमबाट काठमाडौँ तथा वरपरको सुरक्षा तथा दिन दुःखीलाई सहयोग गरेको इतिहास उक्त चलचित्रका माध्यमबाटदेखाउँन खोजिएको बााए । उहाँका अनुसार मङ्सिर ८ गते बागबजारस्थित सिनेम्याट्रिक्समा उक्त चलचित्रको ‘च्यारेटी सो’ गरिने जानकारी दिईएको छ ।  चलचित्रका प्रमुख पात्रहरुमा सुशील राजोपाध्याय,सरस्वती मानन्धर,साकार पन्त,उदेन न्हुसायमी ,पुष्करभक्त माथेमा,संघरत्न शाक्य, ,सरिता साही लगायतको भूमिका रहेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।