शुक्रबार, चैत्र १६, २०८०

नेपाल विद्यार्थी सङ्घका महामन्त्री काफ्लेलाई हृदयाघात, अवस्था खतरामुक्त

काठमाडौ मंसिर ७, नेपाल विद्यार्थी सङ्घका महामन्त्री कुन्दनराज काफ्लेलाई हृदयाघात भएको छ । काफ्लेलाई आज बिहान ९ः४५ बजे हृदयाघात भएको पारिवारिकस्रोतले जनाएको छ । पारिवारिस्रोतका अनुसार त्यस लगत्तै बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्र सघन उपचारार्थ लगिएको र सिसियुमा राखेर उपचार भइरहेको जनाएको छ ।

यस सम्बन्धमा प्राप्त पछिल्लो जानकारी अनुसार हृदयाघात भएपछि उपचाररत नेविसंघका महामन्त्री काफ्लेको अवस्था खतरामुक्त रहेको
थाहा भएको छ । अस्पताल स्रोतका अनुसार विधार्थीन नेता खतरा मुक्त रहे पनि अझै २४ घण्टा चिकित्सकको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने बताएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।