शुक्रबार, बैशाख १४, २०८१

सातै प्रदेशका भवन सुन्तला रंङ्गले रङ्गगाइयो

 काठमाडौं मंसिर ९, गते, महिला हिंसा उन्मूलन सम्बन्धी अन्तर्रा्ष्ट्रिय दिवसको अवसरमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको आरम्भ गर्दै नेपालका सातवटै प्रदेश सभा भवनहरु आज सुन्तला रंगले रङ्गगाइएको छ ।  त्यस अवसरमा प्रदेश सरकारका साथै नेपालस्थित संयुक्त राष्ट्र संघ र अन्तर्रा्ष्ट्रिय विकास साझेदार समूहका लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण समूहले संयुक्त रुपमा यूनाइट अभियानको औपचारिक रंगको प्रयोग गर्दै संसद भवनहरु सुन्तला रंगले रङ्गगाइएको हो ।

यस वर्ष महिला हिंसा उन्मूलन सम्बन्धी अन्तर्रा्ष्ट्रिय दिवसको अवसरमा   संयुक्त राष्ट्र संघको “Orange the World: #HearMeToo र  मेरोपनिसुन” भन्ने अभियानले महिला तथा किशोरीहरु माथि हुने यौन हिंसा तथा अन्य गम्भीर प्रकृतिका हिंसाको विरुद्ध राष्ट्रव्यापी रुपमा ऐक्यवद्धता जनाउँदै एकिकृत हुन आव्हान गरेको छ ।

त्यस्तै दिवसको अवसरमा सातै प्रदेश सभाका सदस्यहरुसँग लैङ्गिकतामा आधारित हिंसाका बारेमा अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गर्दै नेपालमा विद्यमान लैङ्गिक हिंसा, त्यसका कारण र प्रतिफलका साथसाथै लैङ्गिक हिंसा रोकथाम गर्नमा सांसदहरुको भूमिकाको बारेमा चर्चा गरिएको   UNITED NATIONS OFFICE OF THE RESIDENT COORDINATOR IN NEPAL द्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।