शुक्रबार, चैत्र १६, २०८०

मुलुकको पछिल्लो परिवर्तित संघीय संरचना अनुरुप कांग्रेस केन्द्रीय समिति अव १४१ सदस्यीय हुने

काठमाडौं मंसिर ९,    नेपाली कांग्रेसले मुलुकको पछिल्लो परिवर्तित संघीय संरचना अनुरुप समावेशी समानुपातिक सिद्धान्तका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने गरी मौजुदा ८५ सदस्यीय केन्द्रीय समितिलाइ विस्तार गर्दै १४१ सदस्यीय हुनेगरि प्रस्तावित विधानको मस्यौदा तयार गरेको छ । विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले आज बसेको केन्द्रयि समितिको बैठकमा प्रस्तुत
गर्नु भएको प्रस्तावित विधानको मस्यौदामा यस्तो व्यवस्था कायम गर्ने उल्लेख गरिएको र प्रस्तुत मस्यौदा प्रतिवेदन केन्द्रीय समिति बैठकले पारित गरी मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौमा हुने महासमिति बैठकबाट अनुमोदन भएसंगै लागू हुने सम्वद्ध स्रोतले जनाएको छ ।

त्यस्तै प्रस्तुत मस्योदामा आफ्नो साठनिक साङ्गठनिकसंरचनामा पनि परिवर्तन गर्दै  आठ तहका हुने गरी व्यवस्था गरिएको छ । जस अनुसार पार्टीको प्रारम्भिक तहमा गाउँटोल कार्यसमिति त्यसपछि वडासमिति, त्यस्तै स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, प्रतितिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रमा पार्टीका संरचना गरिएको छ भने टोलदेखि केन्दसम्मका आठ तहका अधिवेशन र महाधिवेशन, केन्द्रीय महासमिति र प्रदेश महासमिति गठन हुने व्यवस्थाका साथै सबै तहमा आवधिक सम्मेलन गरी सङ्गठनलाई सुसङ्गठित गर्ने प्रस्ताव समेत गरिएको छ ।

साथै आजको काँग्रेस केन्द्रीय समितिको बैठकमा प्रस्ुत उक्त मस्योदा केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यलाई अध्ययनका लागि ३ दिने समयसिमा सहित उपलब्ध गराइएको जानकारी दिदै काँग्रेस मुख्यालयले मंसिर १३ गते बस्ने पार्टीको केन्द्रीय समिति बैठकले मस्यौदा पारित गर्ने जानकारी दिएको छ ।

साथै आजको बैठकले पार्टीका पूर्वकोषाध्यक्ष एवं पूर्वमन्त्री रामकृष्ण ताम्राकार र नेपाल विद्यार्थी सङ्घका महामन्त्री कुन्दनराज काफ्लेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पूर्व प्रधानन्यायाधीश केदार गिरी, कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईंका पिता वीरेन्द्र प्रसार्इं, तुलसीराम बुढाथोकी र सीए सीता भण्डारीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको जनाएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।