शनिबार, बैशाख १५, २०८१

राष्ट्रपतिद्दारा वैशाख १६ देखि संघीय संसदको बजेट अधिवेशन आव्हान

काठमाडौ वैशाख ८ , राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १६ गते आइतबार दिउँसो ४ बजे बस्ने गरि संघीय संसदको दुबै सदनको बैठक आह्वान गर्नु भएको छ ।

आफ्नो ११ गते ९ दिने चीनको राजकीय भ्रमणमा लागि जानु पूर्वनै उहाले सरकारको सिफारिसमा राष्ट्रपतिले संसद बैठक आह्वान गर्ने संवैधानिक व्यवस्था अनुरुप संघीय संसदको दुबै सदनको बैठक आह्वान गर्नुभएको हो ।

प्रस्तुत अधिवेशनमा आगामी आर्थिक वर्षका लागि पेश हुने बजेट केन्द्रीत छलफल हुने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।