मङ्लबार, बैशाख ४, २०८१

शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या २०७ पुग्यो, मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अधिकारीको भनाइ

प्रधानमन्त्री केपी ओली श्रीलंकाका समकक्षी रनिल बिक्रमासिंघेवीच फोन वार्ता बम विस्फोटको घटनाप्रति दुःख व्यक्त गर्दै नेपालले जुनसुकै आवरणमा हुने आतंकवाद विरुद्धमा उभिने प्रतिवद्धता व्यक्त….

समाचार एजेन्सी/ बैशाख ८, श्रीलङ्काको राजधानी कोलम्बोस्थित चर्च सहित देशका पूर्वी भेगमा आइतबार भएका शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या आइतबार साँझसम्म २०७ पुगेको प्रहरी तथा अस्पताल स्रोतलाइ दृत गर्दै समाचार एजेन्सीले जनाएको छ ।राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र होटल र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा भएका बिस्फोटमा परी उनीहरूको मृत्यु भएको हो ।

समाचार एजेन्सीका अनुसार प्रहरी प्रवक्ता रूवान गुनशेकरालाइ उदृत गर्दै जनाईए अनुसार  मृत्यु हुनेमा ३५ जना विदेशी नागरिक समेत रहेको र  घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या बढ्नसक्ने बताईएको छ ।  बिस्फोट आक्रमणको कसैले जिम्मेवारी नलिएको समाचार एजेन्सीले जनाएको छ ।  त्यस्तै राजधानी कोलम्बोमा सरकारले आइतबार साँझदेखि सोमबार बिहानसम्मका लागि निषेधाज्ञा (कफ्र्यु) जारी गरेको छ

यसैवीच  श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रका नाममा सम्बोधन गर्दै देशबासीलाई शान्त रहन अनुरोध आग्रह गर्दै उहाँले कायरतापूर्वक गरिएको यस आक्रमणका दोषीलाई पक्राउ गरी कानुनी कठघरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  त्यस्तै प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले आतङ्कवादी हमलाका कारण राष्ट्र शोकको घडीमा रहेको बताउँदै सबैलाई धैर्य रहन, घाइतेको उपचारमा विशेष ध्यान दिन तथा हमलाकारीको खोजीमा सरकारी सुरक्षाफौज सक्रिय रहने बताउनुभएको छ । घटनाको विश्वभरबाट निन्दा भएको छ ।

यसैक्रममा नेपालको तर्फबाट प्रधानमन्त्री केपी ओलीले श्रीलंकाका समकक्षी रनिल बिक्रमासिंघेलाई फोन गरी बम विस्फोटको घटनाप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले फोन सम्वादका क्रममा बिस्फोटमा परी जीवन गुमाउनेहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दैै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । त्यस्तै प्रम ओलीले नेपालले जुनसुकै आवरणमा हुने आतंकवाद विरुद्धमा उभिने प्रतिवद्धता जनाउँदै विस्फोटलाई मानवता विरोधी घटनाको संज्ञा दिएका दिनु भएको बताईएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।