शनिबार, बैशाख ८, २०८१

मनकामना जाँदै गरेको बा४ख १४१५ नम्बरको यात्रुवाहक बस दुर्घटना, दुईको मृत्यु , २५ जना घाइते

 काठमाडौं बैशाख ८, काठमाडौंबाट मनकामना जाँदै गरेको बा४ख १४१५ नम्बरको बस मिनिबस आइतबार धादिङको बेनिघाट रोराङ गाउँपालिकामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

दुर्घटनाका कारण दोलखाका हरिवंश केसी र पार्वती बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएकोछ ।

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार बस सडकबाट २५ मिटर तल त्रिशुली नदीमा खसेको जनाउँदै दुर्घटनाका घाइतेको उद्धार गरी उपचारको लागि काठमाडौं पठाइएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।