शनिबार, बैशाख १५, २०८१

महासंघ भक्तपुरको भवन निर्माण प्रक्रिया शुभारम्भ समिति गठन

भक्तपुर चैत २३ /राम चन्द्र प्रजापति,    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुष्पराज बुढाथोकीको संयोजकत्वमा पाँच सदस्यीय भवन निर्माण प्रक्रिया शुभारम्भ समिति गठन गरिएको छ । शुक्रबार भक्तपुरका पत्रकारहरु बिच एक महासंघको भवन निर्माणका बिषयमा सम्पन्न वृहत छलफल पछि भक्तपुर महासंघका अध्यक्ष बुढाथोकीको संयोजकत्वमा पूर्वअध्यक्षहरु रमेश खडका, विकल श्रेष्ठ, नारायण सुन्दर किलम्बु र अमर भुजु सदस्य रहेको  समिति गठन गरिएको हो ।

समितिले महासंघको भवन निर्माणका लागि जग्गाको कानुनी प्रक्रिया अगाडि बढाउने, आर्थिक संकलनका लागि पहल गर्ने र आवश्यक अन्य प्रक्रियाका लागि समिति थप गर्ने तथा भेलाहरु गरी सबै क्षेत्रको समन्वय जुटाई महासंघको पक्की भवन बनाउन पहलकदमी लिने  बताईएको छ ।

त्यस्तै कार्यक्रममा भक्तपुर कार्यक्षेत्र भएका अग्रज पत्रकारलाई दश हजार नघट्ने गरी पुरस्कार उपलब्ध गराउन राजकुमार महर्जनको बुबाको नाममा स्व भगवान महर्जन स्मृति पत्रकारिता पुरस्कारका लागि रु १ लाख अक्षय कोषका दाता राजकुमार महर्जन विच सम्झौता समेत भएको छ । सम्झौतामा उल्लेखभएअनुसार अक्षय कोषको व्याजबाट प्राप्त रकमको अग्रज पत्रकारलाई दश हजार भन्दा नघट्ने गरी पुरस्कार उपलब्ध गराउने गरी सहमति सहित थप कार्यविधी बनाउँनका लागि संरक्षक र महासंघ पदाधिकारी संलग्न एक समिति बनाउने पनि सम्झौतामा उल्लेख गरिएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।