बिहिबार, बैशाख ६, २०८१

भिक्षु अश्वघोषको निधनप्रति दुःख व्यक्त

काठमाडौं चैत २३ , भिक्षु अश्वघोष महास्थवीरको ९४ वर्षको उमेरमा शुक्रवार भएको निधनप्रति पूर्व श्री ५ ज्ञानेन्द्र शाहले समवेदना व्यक्त गर्नु भएको छ ।  पूर्व श्री ५ ज्ञानेन्द्रद्दारा जारी समवेदना ससन्देशमा नेपालका छैठौं संघनायक भिक्षु अश्वघोष महास्थविरको निधनले बौद्ध जगतकोलागी अपूरणाीय क्षेति भएको उल्लेख गर्दै उहाँकोे निधनको खबर सुन्दा दुःख लागेको उल्लेख गर्नु भएको छ ।

साथै भिक्षु अश्वघोषको आत्माको चिरशान्तिको कामना सहित हार्दिक श्रद्धान्जली ब्यक्त समेत व्यक्त गर्नु भएको उहाँका सहयोगी डा फणिराज पाठकद्दारा जाी शोक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मिर्गौला, रक्तचाप, मुटु, कलेजो, पिसाब, निमोनिया लगायतका रोगहरुबाट पीडित भिक्षु अश्वघोषको उपचारका क्रममा टोखास्थित ग्राण्डी अस्पतालमा शुक्रवार निधन भएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।