शुक्रबार, बैशाख १४, २०८१

बंगालको जलवाष्पयुक्त वायुको प्रभावका कारण देशभर मेघगर्जनसहित वर्षा र बदली

काठमाडौ चैत २३ , बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशभर आज बदली भइ वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वानुमान महाशाखाका अनुसार योक्रम आइतवार र सोमवार पनि जारी रहन सक्ने जनाउँदै यसवीचमा कतिपय ठाउँमा हावाहुरीको समेत संभावना रहेको जनाएको छ ।

विहानदेखिनै मौसम बलदी हुँदै काठमाडौं उपत्यकासहित देशभर सामान्य हावाहुरी र मेघगर्जनसहित पानी पर्ने र रोकिनेक्रम जारी रहदा गत साता बारा र पर्सामा आएको हावाहुरीको कारण भएको धनजनको क्षतिमने समेत स्मरण गराईएको थियो ।    साथै यसवीचमा पूर्वी तथा मध्य तराईमा अझै केही दिन हावाहुरीसहितको वर्षा हुने भएकाले सचेत रहनसमेत महाशाखाले सुझाव दिदै जलवाष्पयुक्त यो वायु नेपालमा अझै केही दिन रहनसक्ने बताएको छ ।

मौसम पूर्वानुमान शाखाले आगामी तीन दिनको मौसम सम्बन्धी गरेका पूर्वानुमान गर्दै आज जारी गरेको बुलेटिन थप विवरण यस्तो छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।