शुक्रबार, बैशाख ७, २०८१

सरकारी चिकित्सक आन्दोलित,आकस्मिक बाहेकका सवै स्वास्थ्य सेवा वहिष्कार

काठमाडौं चैत २२,  सरकारी चिकित्सकहरुले आफूहरूलाई संघीय सरकारको मातहत राख्न माग गर्दै शुक्रबारदेखि आकस्मिकबाहेकका सवै स्वास्थ्य सेवा बहिस्कार गर्दै आन्दोलित भएका छन । आन्दोलनका क्रममा सरकारी चिकित्सकहरुले हावाहुरीबाट प्रभावित बारा र पर्साबाहेकका सबै जिल्लाको स्वास्थ्य सेवा बहिस्कार गरेको हुन् ।

सरकारले सरकारी चिकित्सकहरूलाई संघीय सरकारको मातहत हुनेगरी प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने माग गर्दै सरकारले निजामती कर्मचारीजस्तै तीन तहमा गर्न खोजेको समायोजन आफुहरुलाइ मान्य नभएको जनाउ दिदै उनीहरूले समायोजनपत्र नबुझ्ने बताउँदै आन्दोलित हुँदै हो ।

यसैवीच चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघले पनि गोदानको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सरकारले चिकित्सकहरुको समायोजन सम्बन्धमा गरेको विवादास्पद निर्णयका विरुद्ध नेपाल चिकित्सक संघको ध्यानाकर्षण भएको सरकारी चिकित्सकका मागहरु अविलम्ब सम्बोधन गर्न जोरदार माग गररेको छ । संघका महासचिव डा लोचन कार्कीद्दारा जारी विज्ञप्तिमा सरकारी चिकित्सकहरुले उठाएका बिरोधका कार्यक्रमहरुमा चिकित्सक संघले एक्येबद्धता जाहेर गरेको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु