जगत प्रजापति /भक्तपुर पुस ७, भक्तपुर विद्युतिय सामाग्री व्यवसायी संघको आयोजनामा भक्तपुरमा आगामी पुस २६ गतेदेखी तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो २०१९ हुने भएको छ। पाँच दिनसम्म सल्लाघारीस्थित मैदानमा हुने सो एक्स्पोमा १ सय ७० भन्दा बढी स्टल रहने पत्रकार सम्मेलनगरी जानकारी दिएको हो। एक्स्पोमा सय वटा स्टल विद्युतिय सामाग्रीको र बाँकी ७० भन्दा बढी स्टलमा भक्तपुरका मौलिक उत्पादनतर्फ हस्तकला, काष्ठकला, सुनचाँदीलगायत अटोमोवाईलका स्टल रहने आयोजक संघका अध्यक्ष पुन्यराम खाताखोले जानकारी दिए। उनका अनुसार एक्स्पोमा विभिन्न ब्राण्डका मोवाईल, एलईडी टि भी, फ्रिज, वासिङ्ग मेसिन, एसी, कुकिङ्ग रेञ्ज, कम्युटर, ल्यापटप, माईक्रोओभनलगायत ३ सयभन्दा बढी प्रकारका विद्युतिय सामाग्रीको बिक्री तथा प्रदर्शनीका लागि राखिनेछ।
त्यसैगरी भक्तपुरमा उत्पादित विभिन्न हस्तकलाका सामाग्री, रेडिमेड लुगा तथा कपडा, घरायसी सामान, फर्निचरका सामाग्रीसहित नुन देखी सुनसम्मका सामान प्रदर्शनीमा राखिने अध्यक्ष खाताखोले बताए। डी जे सेसनको व्यवस्था समेत भएको एक्स्पोमा भरपुर मनोरञ्जनको व्यवस्था समेत गरिएको एक्स्पोका मुख्य संयोजक एवम् संघका उपाध्यक्ष माधवप्रसाद प्रजापतिले जानकारी दिए। ‘एक्स्पोमा भक्तपुरको परम्परागत र साँस्कृतिक नाचगान, परम्परागत गीत तथा नृत्य प्रतियोगिता, रोटेपिङ्ग, ट्रेनलगायतका खेलसहितको फनपार्क समेत सञ्चालन गरिनेछ,’ उनले भने ।
एक्स्पोमा मुख्य आकर्षणको रुपमा एक्स्पोको टाइटल प्रायोजक एलजीको एलजी युएचडी टि भी रहने संघका सचिव एवम् एक्स्पोका प्रचार प्रसार संयोजक रुकेश रञ्जितले बताए। उनले एलजीले मुख्य प्रायोजन गरेकाले एक्स्पोको नाम एलजी युएचडी टि भी तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो २०१९ रहने जानकारी समेत दिए। एक्स्पोको ब्राण्ड एम्बास्डर मिस भक्तपुर २०१८ अनिला खड्का रहेको जानकारी दिँदै रञ्जितले एक्स्पोको मुख्य उद्देश्य उपभोक्ता र व्यवसायीबीचको प्रत्यक्ष सम्बन्ध सुमधुर बनाउने, गुणस्तरिय सामाग्रीहरु सहज र सस्तो मुल्यमा उपलब्ध गराउने, भक्तपुरलाई इलेक्टोनिक्स हबको रुपमा विकास गर्ने र भक्तपुरको पर्यटन तथा साँस्कृतिको प्रवद्र्धन गर्ने रहेको बताए।
एक्स्पो व्यवस्थापनमा करिव ७० लाख रुपैंया खर्च हुने र एक्स्पोमा २ लाख अवलोकनकर्ताबाट करिव ५० करोडको कारोवार हुने अपेक्षा गरिएको छ। करिव १ सय ५० व्यवसायीको सहभागिता रहने सो एक्स्पो आयोजनाका लागि संघले भक्तपुर उद्योग वाणिज्य संघ, भक्तपुर चेम्वर, भक्तपुर साना तथा मझौला उद्योग संघ, भक्तपुर हस्तकला व्यवसायी संघ, सुनचाँदी व्यवसायीलगायत वस्तुगत संघसंस्थाहरुसँग समेत सहकार्य गर्ने जनाईएको छ। एक्स्पो अवधीभर उपभोक्ताहरुलाई विभिन्न सामान खरिदमा १५ देखी ५५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको र एक्स्पो प्रवेशको लागि ५० रुपैंया शुल्कको व्यवस्था गरिएको आयोजकले जनाएको छ। वि. सं. २०६७ सालमा स्थापना भएको संघले यसअघि २०६८ सालको पुस ८, ९ र १० गते पहिलो र २०७१ फागुन ५ गतेदखी ९ गतेसम्म् सफलतापुर्वक दोस्रो इलेक्ट्रोनिक्स एक्स्पोको आयोजना गरेको थियो।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान