शुक्रबार, बैशाख १४, २०८१

नेकपाको स्थायी कमिटी :सांगठनिक एकीकरण गृहकार्यका लागि ९ सदस्यीय कार्यदल गठन

अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित

काठमाडौ पुस १३,  सत्तारुढ दल नेकपाको स्थायी कमिटीको धुम्बाराहीमा बसेको बैठकले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रस्तावमा स्थायी कमिटी सदस्य वामदेव गौतम, भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डे लगायतका नेताहरुले अपुरो रहेको टिप्प्णी गरेका थिए ।

त्यसपछि सदस्यहरुले दिएको सुझाव समेट्ने  आश्वासन दिएसंगै उक्त प्रस्ताव परिमार्जनसहित पारित गरेको हो ।

त्यस्तै बैठकले सांगठनिक एकीकरणको काम पुस मसान्तभित्र सक्ने र यसको लागि गृहकार्यसहित सुझाव प्रतिवेदन पेश गर्न महासचिव विष्णु पौडेल, नेताहरु रामबहादुर थापा, वर्षमान पुन, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, योगेश भट्टराई, लेखराज भट्ट र बेदुराम भुषाल लगायतका ९ सदस्यीय कार्यदल गठन गरिएको छ ।

कार्यदलले पेश गरेको प्रतिवेदन स्थायी कमिटीको बैठकले अन्तिम रुप दिदै नितिगत निर्णय गर्ने तयारी नेकपाले गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।