शुक्रबार, चैत्र १६, २०८०

पाथीभरा ग्यासलाई नेपाल गुणस्तर प्रमाण चिन्ह

बिर्तामोड पुस १३,  झापाको बिर्तामोड–२ चारपानेस्थित पाथीभरा ग्यासले स्थापनाको छोटो अवधिमै नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल गुणस्तर तथा नापतौल विभागले विभिन्न समय गरी तीन चरणमा गरेको अनुगमनका क्रममा पाथीभरा ग्यास उद्योग प्रालिले सम्पूर्ण मापदण्ड पूरा गरेको आधारमा नेपाल गुणस्तर प्रमाण चिन्ह ऐन २०३७ को दफा ५ उपदफा (२)को खण्ड (क)बमोजिम एनएस चिन्ह प्रदान गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीद्दारा हस्ताक्षरित प्रमाणपत्र प्रदान गरेको हुन् । देशभर ५६ बढी ग्यास उद्योग भए पनि हालसम्म २३ वटा उद्योगले मात्र एनएस चिन्ह प्राप्त गरेका छन् ।२०औं वर्षदेखि सञ्चालनमा रहेर पनि मापदण्ड पूरा गर्न नसकेका कारण धेरै उद्योगले एनएस चिन्ह प्राप्त गर्न नसकेको अवस्थामा पाथीभरा ग्यास उद्योगले गुणस्तरको प्रमाणपत्र पाउनु उद्योग र उपभोक्ता सबैका लागि खुशीको विषय भएको प्राप्त समाचारमा उल्लेख गरिएको  छ ।

दुई विगाह क्षेत्रफलमा फैलिएको ग्यास उद्योगबाट उत्पादित ग्यास सिलिण्डर बिक्रीवितरणका लागि दुई सयभन्दा बढी डिलर र सवडिलर रहेको र सेमी अटोमेटिक मेसिन मार्फत् सिलिण्डरमा ग्यास भरिने उक्त उद्योगको स्टोरेज क्षमता बढी भएको, सुरक्षित कम्पाउण्ड, अनुभवी प्राविधिक तथा नयाँ र बलियो सिलिण्डर रहेको उद्योगका सञ्चालक एकराज उप्रेतीले बताए

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।