शुक्रबार, बैशाख १४, २०८१

निशुको ‘दाईको विहेमा जन्ति जाने हो ?

  •  अनिल वाग्ले

काठमाडौं असार २५, गायिका निशु ढकालले फेरि अर्को गित बजारमा ल्याएकी छिन् । ‘दाईको विहेमा जन्ति जाने हो’ बोलको गित उनले हालै बजार ल्याएकी हुन् । आफ्नै दाजुको विवाहमा सुटिङ गरेर उनले गित सँगै म्युजिक भिडियो पनि बजारमा ल्याएकी हुन् । विवाहलाई लक्षित गरेर बजारमा ल्याइएको सो गित धेरैले रुचाएका छन् ।

झापा बुद्धशान्तिकी गायिका निशुले म्युजिक भिडियोमा पनि सोहि ठाउँका मोडललाई म्युजिक भिडियोमा प्रस्तुत गरेकी छिन् । नविनकुमार तिम्सिनाको लिरिक्स,म्युजिक र एरेन्जमा रहेको सो गित विवाह लक्षित गित हो । गितले अब धेरैका विवाहमा स्थान पाउने छ । सो डान्सिङ गितमा क्यामेरा सुनिल साहीको रहेको छ भने मोडलहरुमा सामारिका ढकाल, नम्रता ढकाल, एलिशा प्रसाई, तपश्या प्रसाई, कृति पौड्याल र मनिषा चौलगाई रहेकी छिन ।