शनिबार, बैशाख २२, २०८१

खेल कौशल प्रदर्शन गर्दै विश्वकप चुम्ने आ-आफ्नै तयारीमा फ्रान्स र बेल्जियम

 काठमाडौं असार २६, रुसमा जारी विश्वकप फुटबल खेल अन्र्तगत आजबाट अन्तिम ४ का खेल सुरु हुने भएको छ । नेपाली समय अनुसार मंगलबार राति पौने १२ वजे प्रतियोगिताको पहिलो अन्तिम ४मा फ्रान्स र बेल्जियमवीचको खेल हुनेछ ।  क्वाटरफाइनलमा फ्रान्सले उरुग्वेलाइ पराजित गर्दै अन्तिम चारमा आफ्नो  स्थान पक्का गरेको हो ।

आजको अन्तिम ४को खेलमा फ्रान्स बेल्जियमलाइ पराजित गर्दै अन्तिम २ मा जान तम्तयार रहेको अवस्था छ भने बेल्जियम पनि फ्रान्सलाई हराउँदै पहिलोपटक विश्वकपको फाइनल खेलको ढोका खोल्ने तयारीमा रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।