आइतवार, बैशाख २३, २०८१

आसन्न यावत चुनौतीको सामना गर्न पार्टीलाई बलियो बनाउँदै गोलवद्ध हुनुको विकल्प छैन: सभापति देउवा

 काठमाडौ असार २५,   नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र काँग्रेसका पुराना नेताहरूवीचको अन्तक्र्रियामा आसन्न यावत चुनौतीको सामना गर्न पार्टीलाई बलियो बनाउँदै सवैजना गोलवद्ध हुनुको विकल्प नभएको भन्दै सबै नेता कार्यकर्तालाई एक हुन आह्वान गर्नुभएको छ ।

त्यस्तै अन्तक्र्रिया कार्यक्रममा सभापति देउवाले सम्पन्न ३ तहको निर्वाचनको क्रममा पार्टीको तर्फबाट भएको टिकट वितरणमा केही कमजोरी भएको स्वीकानु भएको छ । तर प्रधानन्यायाधीशमाथिको महाअभियोग नेपाल प्रहरीको प्रमुख प्रकरणका कारणले भने काँग्रेस निर्वाचनमा पराजय भएको भन्ने सवाल प्रति सभापति देउवाले विमति प्रकट गर्नु भएको छ ।

अन्र्तक्रियामा वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र बचाउन पनि काँग्रेस बलियो हुनुपर्ने विचार व्यक्त गर्नुभएको थियो भने नेता विजयकुमार गच्छदारले अवका दिनमा काँग्रेसलाइ एकढिक्का बनाउँदै अगाडी बढ्नु पर्नेमा जोड दिनु भएको थियो ।  कार्यक्रममा पार्टीका पुराना नेताहरू ओमकार श्रेष्ठ, तारानाथ रानाभाट, गोविन्दराज जोशी, विनयध्यज चन्द, चिरञ्जीवी वाग्ले, तीर्थराम डंगोल, दामोदर गौतम, विपिन कोइराला, उत्तमनारायण श्रेष्ठ, श्यामलाल श्रेष्ठ लागयतका नेताहरुले पार्टी नेतृत्वलाइ सुझाव दिनुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।